महासंघको निर्वाचन रोक्न भन्दै सिडियो कार्यालयमा पर्यो उजुरी, शिवशंकर शाहले गरे उजुरी दर्ता

Nov 19, 2020 04:13 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन गैर कानुनी भएको भन्दै त्यसलाई स्थगन माग गर्दै जिल्ला प्रशाशन कार्यालय काठमाण्डौमा निवेदन दर्ता भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिवशंकर शाहले उक्त निवेदन दर्ता गराएका हुन्।

 

दर्ता भएको निवेदनको बोधार्थ उनले  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सचिवालय र गृह मन्त्रालयलाई समेत दिएका छन्। 

उनले राष्ट्रिय निर्देशन एेन २०१८ अर्नतरगत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भन्दै उनले निबेदन दर्ता गरेका छन्। उक्त एन मार्फत दर्ता भएको संस्थामा प्रतिनिधिहरूको पदावधि सकिएपछि निर्वाचन हुने बेलासम्म तदर्थ समिति गठन गरी काम अघि बढाइदिन भन्दै उनले सरकार गुहारेका छन्।

उनले निवेदनमा सदस्यहरूकाे सदस्यता नवीकरण नगरिएको,प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप लगाएका छन्।

   

 

 

 

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।