माउन्टेन इनर्जीको आइपीओमा ७२ प्रतिशत आवेदकको हात खाली हुने

Nov 20, 2020 12:01 PM Merolagani

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आइपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ। मागभन्दा अत्याधिक बढी आवेदन परेपछि आइपीओमा आवेदन गर्ने ७२ प्रतिशत आवेदककाे हात खाली हुने भएकाे छ। 

कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको । यो मागभन्दा ७.६१ गुणा धेरै हो।

केहि समय अघिसम्म हाइड्राेपवरकाे शेयरमूल्य अंकित मूल्यभन्दा पनि तल झरेकाेले हाइड्राेपावर कम्पनीले बिक्रीमा ल्याउने आइपीअाेमा लगानीकर्ताकाे आकर्षण कम देखिन्थ्याे। तर पछिल्लाे समय हाइड्राेपावरकाे शेयरमूल्य समेत बढेकाेले यस्ता कम्पनीले बिक्रीमा ल्याउने आइपीअाेमा समेत लगानीकर्ताकाे आकर्षण बढ्न थालेकाे छ। 

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाँउछन्। यसअनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।

आइपीओको बाँडफाँड कहिले गर्ने भन्ने विषयमा भने अहिले कुनै निर्णय नभएकाे क्यापिटलले जनाएको छ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ।


comments powered by Disqus

उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशतमा झर्यो, मंहगी घट्यो

Nov 25, 2020 04:55 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको थियो ।