दुई दिनमा करिव ६० अंकले बढ्यो नेप्से, याे साता यी कम्पनी परे मोस्ट पपुलर बाइ र सेलकाे सुचीमा

Nov 21, 2020 10:12 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ५९ अंक अर्थात ३.४७ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन १७१८.५ विन्दुमा बन्द भएको नेप्से यस साता ५९.६३ अंक बढेर १७७८.१३ विन्दुमा पुगेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले बढेर ३४३.०८ विन्दुमा पुगेको छ।

नेप्से परिसूचकसँगै यस साता कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएर नयाँ रेकर्ड राखेको छ। याे साता दुई दिन मात्रै खुलेको बजारमा १० अर्ब ९० करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ। बिहीबार एकैदिन ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो।

अघिल्लो साता पाँच दिन खुलेको बजारमा २० अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यो कारोबार औषतमा दैनिक ४ करोडको हाराहारी हुन आउछ।

नेप्से सूचक बढेसँगै बजार पूँजीकरणले पनि यस साता रेकर्ड ब्रेक गरेको छ। बिहीबारसम्ममा बजार पूँजीकरण बढेर २३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो साताको अन्तिम दिन बजार पूँजीकरण २३ खर्ब २ अर्ब रुपैयाँ थियो। यस साता दुई दिनमा नै बजार पूँजीकरण ८० अर्ब रुपैयाँले बढेको छ।

यस साता सबैभन्दा बढी शेयर कारोबार हुने कम्पनीको पहिलो स्थानमा नेपाल पुनर्बीमा कम्पनी रहेको भने नेपाल लाइफ इन्स्योरेन्स दोस्रो, नेपाल दुरसञ्चार कम्पनी तेस्रो, शिवम् सिमेन्ट चौथो र हिमालयन डिस्टीलरी पाँचौ स्थानमा परेको छ।

बजार पूँजीकरणको हिसावले नेपाल दुरसञ्चार कम्पनी १ खर्ब ४४ अर्ब पूँजीकरणसहित पहिलाे स्थानमा छ भने नेपाल पुनर्बीमा कम्पनी १ खर्ब ११ अर्ब पूँजीकरणसहित दोस्रो स्थानमा छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक र नागरीक लगानी कोष पूँजीकरणको हिसाबले क्रमश तेस्रो चैथो र पाँचौ स्थानमा छन्।

यस साता सपाेर्ट माइक्राेफाइनान्स, गुडविल फाइनान्स, बिशाल बजार कम्पनी, अारएसडिसि लघुवित्त र प्रभु इन्स्याेरेन्स मोस्ट पपुलर बाइ स्टकको सुचीमा परेका छन् भने युनिलिभर, रिडि हाइड्राेपावर, पञ्चकन्या हाइड्राेपावर, ज्याेति विकास बैंक लगायतका कम्पनीहरुका मोस्ट पपुलर सेल स्टकमा परेका छन्।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।