महालक्ष्मी लाईफ इन्स्योरेन्सले पोलिसी बोनस घोषणा

Nov 20, 2020 06:09 PM Merolagani

महालक्ष्मी लाईफ इन्स्योरेन्सको (MLIL) आर्थिक वर्ष २०७५ र ७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।

बीमा समितिको २०७७।०७।२८ गते को पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५ र ७६ को लागि न्यूनतम ५० रुपैयाँ प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो।

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मको लागि बोनस व्यवस्था गर्नुपर्ने हुन्छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने भएको छ । बीमा समितिबाट स्विकृत बोनस निम्न बमोजिम रहेको छ :

बीमा योजना                                 बीमा अवधि              बोनस दर (प्रति हजार बीमाङ्कमा)
महालक्ष्मी सावधिक जीवन बीमा :      ५ देखि १५ वर्ष            रु.५०
                                                 १६ देखि २५ वर्ष         रु. ५१
                                                 २६ देखि ३० वर्ष         रु.५२
महालक्ष्मी सरल जीवन बीमा  :          ५ देखि १५ वर्ष           रु.५०
                                                 १६ देखि २५ वर्ष         रु. ५१
                                                 २६ देखि ३० वर्ष         रु. ५२
महालक्ष्मी जीवन हेरचार बीमा  :        ५ देखि १५ वर्ष          रु. ५०
                                                 १६ देखि २५ वर्ष         रु. ५१

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।