शुक्रबार १९४५ जनामा कोरोना पुष्टि, कोरोना मुक्त हुनेको संख्या ५३६४

Nov 20, 2020 05:30 PM Merolagani



शुक्रबार एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभरको संक्रमण पुष्टि हुनेको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । तीमध्ये २४ हजार ६६५ जना सक्रिय संक्रमित छन् ।

आज थपिएका संक्रमितहरुमध्ये काठमाडौं उपत्यकाका एक हजार १०७ जना छन् । ४८४ जना महिला र ६२३ जना पुरुषहरु गरी सो संख्या थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ । यसरी हालसम्म नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या कुल एक हजार २९८ पुगेको छ ।

गत २४ घण्टामा पाँच हजार ३६४ जना कोरोना मुक्त भएका छन् भने अहिलेसम्म कोरोना जित्नेको कुल संख्या एक लाख ९१ हजार दुई रहेको छ । हाल देशमा क्वारेन्टिनमा ७५३ जना छन् ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।