शुक्रबार १९४५ जनामा कोरोना पुष्टि, कोरोना मुक्त हुनेको संख्या ५३६४

Nov 20, 2020 05:30 PM Merolagani



शुक्रबार एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभरको संक्रमण पुष्टि हुनेको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । तीमध्ये २४ हजार ६६५ जना सक्रिय संक्रमित छन् ।

आज थपिएका संक्रमितहरुमध्ये काठमाडौं उपत्यकाका एक हजार १०७ जना छन् । ४८४ जना महिला र ६२३ जना पुरुषहरु गरी सो संख्या थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ । यसरी हालसम्म नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या कुल एक हजार २९८ पुगेको छ ।

गत २४ घण्टामा पाँच हजार ३६४ जना कोरोना मुक्त भएका छन् भने अहिलेसम्म कोरोना जित्नेको कुल संख्या एक लाख ९१ हजार दुई रहेको छ । हाल देशमा क्वारेन्टिनमा ७५३ जना छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।