शनिबार कोभिड १९ का कारण सात जनाको निधन, कुल संख्या १३०५ पुग्यो

Nov 21, 2020 06:33 PM Merolagani



शनिबार कोभिड १९ संक्रमणका कारण सात जनाको निधन भएको छ । योसँगै संक्रमणका कारण नेपालमा ज्यान जानको कुल संख्या एक हजार ३०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा सो जानकारी दिइएको हो ।