१९७४ एडी र द चेनस्मोकर्सको सहकार्य रहेको नयाँ गीत सार्वजनिक

Nov 21, 2020 06:34 PM Merolagani



१९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाई” रिलिज गरेको छ । जसमा लोकप्रिय ‘द चेनस्मोकसर’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ ।

उक्त नयाँ ट्रयाक युट्युबमा उपलब्ध रहेको छ । त्यसवाट दर्शकहरुले पुरा गीतको मजा लिन सक्नेछन् ।

विश्वव्यापी प्रचलित कलाकार जोडी ‘द चेन्स्मोकर्स’ सँग नेपालको लोक प्रिय फोल्क् रक व्याण्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दे संगीतप्रेमीहरुलाई टुर्बोर्ग ओपनको अभियानतर्फ प्रोत्साहित गर्दैछन् ।

उक्त नयाँ ट्रयाकमा १९७४ एडीको अद्वितीय अवाजलाई चेन्स्मोकर्सको गीत “होप” को संगीतसँग मिलाईएको छ जुन हालसम्म १ अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोई’ एल्बमबाट रहेको छ ।

१९७४ एडी भन्छन्,“यो सहकार्यको लागी काम गर्नु हाम्रो लागी निकै रमाईलो अनुभव भयो ।महामारी र विशेष परिस्थितीको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम ग¥यौ ।यो अनुभव एकै साथमा रमाईलो र चुनौतीपूर्ण थियो । यस गीतमा सकरात्मकता र एकताको सन्देश निकै रमाईलो शैलीमा पेश गरिएको छ । हाम्रो दर्शकहरुले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौ ।”

द चेनस्मोकस्र्का एलेक्स् पालले १९७४ एडीसँगको सहकार्य बारे भने, “त्यस क्षेत्रको निकै सफल समुहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौं । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो ।”

उनले थपे, “टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाईरहेको छ नत्रभने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतको लागी निकै उत्सुक छु ।”


यो वर्षको टुर्वोग ओपन अभियानको धेरै नँया रिलिजहरु मध्ये ‘साथीभाई’ एक हो । यो ट्रयाकमा यूरोप र एसियाबाट आएको विभिन्न संगितशैली रहने छ जुन पप, रक, हिप–हप र लोक विधाहरुमा हुनेछन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।