कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिने छ । नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।
साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ।
यो योजना प्रथम ५०० जागरुक उपभोक्तालाई लक्षित गरिएको छ र मङ्सिर महिना भरिको लागि लागु हुनेछ । योजना हाललाई काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको छ । हाल कोभिड–१९ महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरुमा लागू गरिएको हो र आगामी दिनहरुमा यस योजनालाई क्रमिक रुपमा विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।