रिद्धि सिद्धि सिमेन्टको “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना

Nov 21, 2020 07:37 PM Merolagani



रिद्धि सिद्धि सिमेन्टले “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना ल्याएको छ । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित सो योजना ल्याइएको हो । योजना अन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् ।

कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिने छ । नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ।

यो योजना प्रथम ५०० जागरुक उपभोक्तालाई लक्षित गरिएको छ र मङ्सिर महिना भरिको लागि लागु हुनेछ । योजना हाललाई काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको छ । हाल कोभिड–१९ महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरुमा लागू गरिएको हो र आगामी दिनहरुमा यस योजनालाई क्रमिक रुपमा विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।