लाभांश प्रस्ताव सहित साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा

Nov 23, 2020 04:27 PM Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

 कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५र७६ को नाफाबाट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित सभा डाकेको हो।

कम्पनीको साधारण सभा मंसिर ३० गते मंगलबार बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत हुनेछ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७४र७५ र २०७३र७४ को नाफाबाट पनि कम्पनीले समान शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत नै लाभांश प्रस्ताव गरेका थियो।

प्रस्तावित बोनस कम्पनीको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण गरिनेछ। २५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १९ करोड १९ लाख ६९ हजार ७५० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।