सोमबार थप १९८० जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको निधन

Nov 23, 2020 05:31 PM Merolagani



सोमबार थप एक हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार सात जना छन् । काठमाडौंका ७७९ जना , ललितपुरका १४३ जना र भक्तपुर ८५ जना गरी सो संख्या पुगेको हो ।

पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण १६ जनाको निधन भएको छ । सो संख्यासँगै देशभरमा एक हजार ३३७ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ संक्रमण तीन हजार ४३ जना निको भएका छन् । यसरी हालसम्म कोभिड १९ मुक्त हुनेको कुल संख्या दुई लाख दुई हजार ६७ रहेको छ ।

गत एक दिनमा १० हजार ३८१ पीसीआर परीक्षण भएको छ भने अहिलेसम्म १६ लाख ७० हजार ४५६ परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा ६२९ जना रहेका छन् ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।