सोमबार थप १९८० जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको निधन

Nov 23, 2020 05:31 PM Merolagani



सोमबार थप एक हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार सात जना छन् । काठमाडौंका ७७९ जना , ललितपुरका १४३ जना र भक्तपुर ८५ जना गरी सो संख्या पुगेको हो ।

पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण १६ जनाको निधन भएको छ । सो संख्यासँगै देशभरमा एक हजार ३३७ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ संक्रमण तीन हजार ४३ जना निको भएका छन् । यसरी हालसम्म कोभिड १९ मुक्त हुनेको कुल संख्या दुई लाख दुई हजार ६७ रहेको छ ।

गत एक दिनमा १० हजार ३८१ पीसीआर परीक्षण भएको छ भने अहिलेसम्म १६ लाख ७० हजार ४५६ परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा ६२९ जना रहेका छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।