भारतमा बनिरहेको अक्सफोर्डको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी

Nov 24, 2020 11:40 AM Merolagani

अक्सफोर्ड र एस्ट्राजेनेकाले तयार पारिरहेको भ्याक्सिन कोभिशोल्ड ९० प्रतिशतसम्म प्रभावकारी पाइएको छ ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले एक बयान जारी गरी यूके र ब्राजिलमा गरिएको परीक्षणमा भ्याक्सिन अधिक प्रभावकारी पाइएको बताएको छ । 

आधी डोज दिइएकोमा भ्याक्सिन ९० प्रतिशतसम्म प्रभावकारी पाइएको बताइएको छ । त्यसपछि दोस्रो महिनामा पूरा डोज दिइएकोमा ६२ प्रतिशत प्रभावकारी पाइयो । त्यसको एक महिनापछि दुई पूरा डोज दिइएकोमा भ्याक्सिनको असर ७० प्रतिशत देखियो ।

यो भ्याक्सिन भारतको पूणे स्थित सीरम इंस्टीट्यूट अफ इन्डियाले बनाइरहेको छ ।

भारतका स्वास्थ्य मन्त्री डा.हर्षवर्धनले भारतमा कोरोना भ्याक्सिन आगामी वर्षको सुरुवाती तीन महिनामा प्राप्त हुने अपेक्षा रहेको बताएका छन् । यसैगरी सेप्टेम्बर २०२१ सम्म २५–३० करोड भारतीयहरुलाई भ्याक्सिन लागउन सकिने बताइएको छ । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।