कसले भन्छ हाइड्रो पावरको मूल्य जस्टिफाइ छैन ? पहिलो त्रैमासमा सबै हाइड्रो पावर नाफामा

Nov 25, 2020 03:07 PM Merolagani



कृष्ण गिरी

केही महिना यता नेप्से परिसूचकमा लगातार उछाल आएसँगै नेप्से ४ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। बुधवारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १८७५.१० अंकमा बन्द हुन पुगेको छ ।

नेप्से परिसूचकसँगै अन्य क्षेत्रगत सूचकहरूमा पनि ठूलो वृद्धि भएको छ। नेप्सेको वृद्धिलाई पछ्याउँदै हाइड्रो पावर सेक्टरले पनि २ वर्ष यताकै उच्च विन्दु चुमेको छ । बुधवार बजार बन्द हुँदा हाइड्रो पावरको परिसूचक १४७०.९९ अंकमा उक्लिएको छ  हाइड्रो पावर सेक्टरमा यसरी उछाल आउनाको कारण लगानीकर्ताहरू यस आर्थिक वर्षको पहिलो त्रैमासमा आउने प्रतिवेदन राम्रो आउने भन्दै आशावादी रहेका कारण हो भन्ने कुरालाई नकार्न सकिन्न। समग्रमा सञ्चालनमा रहेका चालु आर्थिक वर्षको मंगलबारसम्म त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने अधिकांश हाइड्रोपावर कम्पनीहरूको मुनाफामा वृद्धि भएको देखिन्छ। हाल विश्वव्यापी रुपमा जारी कोरोना महामारीकाबीच अधिकांश क्षेत्र प्रभावित भए तापनि सञ्चालनमा रहेका हाइड्रोपावरलाई यसले ठुलो असर नपार्नु तथा बैंक वित्तीय संस्थाहरूले ऋणको ब्याज घटाउनुका कारण लगानीकर्ताहरू हाइड्रोपावर प्रति सकारात्मक रहेको पाइन्छ । 

पहिलो त्रैमासिक प्रतिवेदनका आधारमा, विभिन्न सूचकहरूको आधारमा, सञ्चालनमा रहेका हाइड्रोपावरहरूको विश्लेषण यो लेखमा गरिएको छ । तालिकामा उल्लेखित शेयर मूल्य मंगलवारकाे हाे ।

खुद नाफाका आधारमा

समीक्षा अवधिमा सञ्चालनमा रहेका हाइड्रो पावर कम्पनीहरू मध्ये २१ वटा कम्पनीहरूले त्रैमासिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै मुनाफा गर्ने कम्पनी सानिमामाई हाइड्रोपावर रहेको छ। यसले यस अवधिमा २२ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको छ भने सबैभन्दा थोरै मुनाफा गर्ने छ्याङ्दी हाइड्रोपावर ली. रहेको छ। यसको खुद मुनाफा ४४ लाख ८ हजार छ।

प्रतिशेयर आम्दानीका आधारमा

समीक्षा अवधिमा प्रतिशेयर आम्दानीका आधारमा रैराङ हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ। यस अवधिमा रैराङले प्रतिशेयर आम्दानी ४०.१६ (वार्षिकीकरण गरिएको) रुपैयाँ रहेको छ। यसै गरी सबैभन्दा कम प्रति शेयर आम्दानी वरुण हाइड्रो पावरको छ। यस अवधिमा वरुणको प्रतिशेयर आम्दानी २.४९ (वार्षिकी गरिएको) रुपैयाँ मात्रै छ।

मूल्य आम्दानी अनुपातका आधारमा

समीक्षा अवधिमा मंगलबारको कारोबार दिनको अन्तिम मूल्यको आधारमा मूल्य आम्दानी अनुपात गणना गर्दा रैराङ हाइड्रो पावरको मूल्य आम्दानी अनुपात सबैभन्दा कम ६.३ गुणा रहेको छ भने सबैभन्दा धेरै वरुण हाइड्रोको ८४.३७ गुणा छ।

( गिरी अनुभवी मर्चेन्ट बैंकर हुन्) 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।