अख्तियारका आयुक्त पाठकलाइ ७० लाख घुस दिएकाे अभियाेगमा न्याैपाने पक्राउ

Nov 25, 2020 04:41 PM merolagani



अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका लम्बोदर न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानेविरूद्ध कात्तिक २४ गते जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियाे । यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ।

उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। 

 

रामेछाप मन्थली नगरपालिका-८ का न्याैपाने काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए।

उनी नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष पनि हुन ।

 उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामा  ब्युरोले अनुसन्धान गरिरहेको छ। 

उक्त मुद्दामा ललितपुर महानगरपालिका-९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं-४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी छन्। 

 



यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।