शोधनान्तर स्थिती १०१ अर्ब ९ करोडले बचतमा, बैदेशिक लगानी घट्यो

Nov 25, 2020 05:28 PM Merolagani



चालु आर्थिक वर्षको असोज सम्ममा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोहि अवधिमा १२ करोड ७८ लाख रूपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको असोजमा चालु खाता ३४ अर्ब २७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा चालु खाता २२ अर्ब ४७ करोड रूपैयाँ घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोहि अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समिक्षा अवधिमा २८ करोड ८२ लाख रूपैयाँले बचतमा रहेको छ ।

समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड रुपौयँ कायम भएको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।