शोधनान्तर स्थिती १०१ अर्ब ९ करोडले बचतमा, बैदेशिक लगानी घट्यो

Nov 25, 2020 05:28 PM Merolagani



चालु आर्थिक वर्षको असोज सम्ममा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोहि अवधिमा १२ करोड ७८ लाख रूपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको असोजमा चालु खाता ३४ अर्ब २७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा चालु खाता २२ अर्ब ४७ करोड रूपैयाँ घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोहि अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समिक्षा अवधिमा २८ करोड ८२ लाख रूपैयाँले बचतमा रहेको छ ।

समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड रुपौयँ कायम भएको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।