लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश प्रस्ताव

Nov 25, 2020 07:51 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN)ले लाभांश प्रस्ताव गरेको छ । कम्पनी आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी संचालक समितिको बुधबार अपरान्ह बसेको बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।