लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश प्रस्ताव

Nov 25, 2020 07:51 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN)ले लाभांश प्रस्ताव गरेको छ । कम्पनी आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी संचालक समितिको बुधबार अपरान्ह बसेको बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।