निरन्तर दुई दिन घटेको सुनचाँदीको भाउ बिहीबार स्थिर

Nov 26, 2020 11:35 AM Merolagani



मंसिर ११ गते, बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । पछिल्लो दुई दिन निरन्तर घटेको सुनको भाउ आज भने बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।यस साता चाँदीको भाउ लगातार ओरालो लागेको हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।