निरन्तर दुई दिन घटेको सुनचाँदीको भाउ बिहीबार स्थिर

Nov 26, 2020 11:35 AM Merolagani



मंसिर ११ गते, बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । पछिल्लो दुई दिन निरन्तर घटेको सुनको भाउ आज भने बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।यस साता चाँदीको भाउ लगातार ओरालो लागेको हो ।