‘नेप्सेको बढाइ बुलिस ट्रेण्ड उन्मुख, २००० अंकको टार्गेट लिएको देखिन्छ’

Nov 26, 2020 03:20 PM merolagani

विष्णु बेल्वासे

पछिल्लो समय शेयर बजारमा सुधारमा देखिएको छ । नेप्से बढेर १९०० को अंकको नजिक पुगेको छ । नेप्सेले मात्र होइन, कारोबार रकममा पनि रेकर्ड ब्रेक गर्दै अगाडि बढदै गएको छ ।

दैनिक एक डेढ अर्बमा कारोबार हुँदै आएको शेयर बजारमा पछिल्लो समय ७ अर्बभन्दा बढीको शेयर कारोबार हुन थालेको छ ।

शेयर बजार अझै उचाइमा पुग्ने लगानीकर्ताहरुले अपेक्षा गरेका छन्।पुँजी बजारका लगानीकर्ताहरुको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्विका प्रसाद पौडेलले नेप्सेले ऐतिहासिक उचाई चुमेकोमा सबै लगानीकर्तालाई बधाइ दिएका छन् ।शेयर बजार बढेकोमा लगानीकर्ताहरु खुशी देखिएका छन् ।

शेयर बजार अझै उचाइमा पुग्ने विश्वास लगानीकर्ताले गरेका छन् ।

चार वर्षपछि शेयर बजारमा उच्च विन्दुमा पुगेको हो । लगानीकर्ताले अहिलेको बजार बढाइलाई बुलिस ट्रेण्ड उन्मुख बजार भनेका छन् । उनीहरुले बुलिस मार्केट भइसकेको अवस्था भने नभएको बताएका छन् ।

यसअघि २०७३ को साउन १२ गते अहिलेसम्मकै उच्च विन्दु १८८१ मा पुगेको थियो । विष्णु पौडेल अर्थमन्त्री भएकै समयमा यसअघि नेप्सेले नयाँ उचाइ लिएको थियो, अहिले त्यो रेकर्डलाई तोडने काम उनकै पालामा भएको छ ।

‘नेप्सेले २००० अंकको टार्गेट लिएको देखिन्छ,’ती बिश्लेषकले भने,‘त्यो लक्ष्य पुरा गर्न अब धेरै समय लाग्छ जस्तै लाग्दैन् ।’

नेप्से बढनुका आधा दर्जन कारणहरु रहेको लगानीकर्ताहरु बताउँछन् । बैंकको ब्याजदरमा कमी आउनु, कोरोना भाइरसको खोपको परिक्षणले सफलता पाउनु, नेप्सेमा सूचीकृत कम्पनीको पहिलो तीन महिनाको वित्तीय विवरण राम्रो देखिनुलगायतका कारण नेप्से उकालो लाग्न पुगेको बताइन्छ ।

शेयर धितो राखेर लिइने कर्जाको ब्याजदर घटेकाले धमाधम बैंकबाट ऋण लिएर शेयर खरिद गर्न पुग्दा बजार उचाइमा पुगेको लगानीकर्ताको भनाइ छ ।

‘१३ देखि १५ प्रतिशतसम्म पुगेको ब्याजदर ८ देखि ९ प्रतिशतमा आएपछि बैंकबाट ऋण लिएर लगानी शेयर किन्न थालेका कारण पनि शेयर बजार बढेको हो,’ एक लगानीकर्ताले भने, ‘बैंकको ब्याजदर सस्तो हुदाँ शेयर बजार उकालो लाग्ने र ब्याजदर बढदा शेयर बजार ओरालो लाग्ने गर्छ । यसपाली पनि त्यही ब्याजदर घटेका कारण शेयर बजार उकालो लागेको हो ।’

चालु आर्थिक वर्षको पहिलो त्रैमासको जटिल अबस्थामा पनि बैंकको वित्तीय विवरण खासै नराम्रो नआएको र चालु आर्थिक वर्षको अझै ९ महिना बाँकी रहेकाले त्यो अवधिमा बैंकहरुले अझै राम्रो नाफा गर्न सक्ने सम्भावना देखिएकाले पनि शेयर बजार बढन पुगेको शेयर बिश्लेषकको भनाइ छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले धमाधम लाभांश विरण गरिरहेका छन् । कम्पनीले वितरण गरेको लाभांश हात पार्न पनि लगानीकर्ताले शेयर खरिद गरेका छन् । यसले पनि बजार बढन मदत पुगेको लगानीकर्ताको भनाइ छ ।

अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएकाले पनि प्राय सबैजसोले शेयर बजारमा लगानी गर्न थालेका छन् । बैंकबाट ऋण लिएको रकम तथा अन्य क्षेत्रमा लगानी गर्नका लागि लिएको रकम पनि घुमाउरो पाराले शेयरमा नै लगानी गर्न पुगेका कारण, घरजग्गा बिक्रीबाट आएको रकम र सहकारीमा रहेको रकम पनि शेयर बजारमा नै आएका कारण शेयर बजार बढन पुगेको शेयर बिश्लेषकहरु बताउँछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।