विहीबार कारोबार रकम र नेप्से सूचक दुबैमा रेकर्ड ब्रेक, साढे सात अर्बको कारोबार हुँदा सूचक १९०० नजिक

Nov 26, 2020 03:41 PM Merolagani



बिहीबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम र नेप्से सूचक दुबैले ऐतिहासिक रेकर्ड कायम गरेको छ। दुबैले पुराना रेकर्डलाई तोड्दै ऐतिहासिक रेकड कायम गरेको हो। 

यस दिन नेप्से सूचक ०.९८ प्रतिशत अर्थात १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा पुगेको छ। बिहीबार कारोबार खुलेको केहि समयमा नै नेप्से सूचक बढेर १९२७ विन्दुसम्म पुगेको भए पनि अन्तिममा बिक्री चाप केहि बढ्दा पुनः १८९३ विन्दुमा झरेको हो।

यस दिन २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा खरिद बिक्री भएको छ। यो नेप्सेमा भएको हालसम्कै उच्च कारोबार रकम हो।

विहीबार बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। यस दिन बैंकिङ उपसमूहको सूचक २.७ प्रतिशतले बढेको छ। कारोबारमा आएका ७ वटा उपसमूहको सूचक भने नकारात्मक देखिएको छ। 

 

  • चार कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

विहीबार चारवटा कम्पनीकाे शेयर सर्किट लेभलमा कारोबार भएको छ। विहीबार एनएमबि माइक्रोफाइनान्स, पाँचथर पावर, हिमालयन उर्जा, र आँखु खोला जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै नविल बैंकको ८.८६ प्रतिशत, कुमारी बैंकको ६.५६ प्रतिशत, नेपाल बंलादेश बैंकको ५.६२ प्रतिशत र चिलिमे हाइड्रोको ५.४१ प्रतिशतले मूल्य बढेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनीको सबैभन्दा धेरै ६.१८ प्रतिशतले घटेकाे छ भने ङादि ग्रुप पावरको ५.८८ प्रतिशत, बोटलर्स नेपालको ५.६७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ५.३४ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ४.९२ प्रतिशतले घटेको छ।

 

विहीबार नेपाल पुनर्बीमा कम्पनकिो सबैभन्दा धेरै ५८ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको ३८ करोड ३४ लाख, शिवम सिमेन्टको २८ करोड ९१ लख, नेपाल दुरसञ्चार कम्पनीको २८ करोड २७ लाख र नेपाल बैंकको २५ करोड ५१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका ४८ कम्पनीकाे शेयरमूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ। ७ वटा कम्पनकिो शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।