पिपुल्स पावरको निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

Nov 26, 2020 05:56 PM Merolagani



पिपुल्स पावर लिमिटेडले (PeoplesPower) सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई (PBCL) शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ मंसिर ११ गते बिहिबार सम्पन्न भयो । सम्झौतामा पिपुल्स पावर लिमिटेडका सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।