माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड आगामी साता, आजै प्रि अलटमेन्ट गर्ने तयारी

Nov 27, 2020 11:58 AM Merolagani

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ आगामी साता बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दिएको जानकारी अनुसार आजै प्रि अलटेमन्ट गर्ने तयारी गरिएको छ। 

आईपीओ धेरै डुप्लिकेसन भएकोले भेरिफाइ गर्न केही समय लागेकोले बाँडफाँडमा ढिलाई भएको क्यापिटलको भनाई छ। "हामी त्यहि काममा लागिरहेका छौ। लगभग डाटा भेरिफिकेसनको काम सकिन लागेको छ। सकेसम्म आजै प्रिअलटमेन्ट गर्ने तयारी गरेका छाै। आज नभए आइतबार प्रिअलटमेन्ट गर्छौ र मंगलबार, बुधबारभित्र बाँडफाँड गर्छौ" क्यापिटलका प्रतिनिधिले मेरोलगानीसँग भने।

आज प्रि अलटमेन्ट भएमा क्यापिटलले मंगलबारभित्र शेयर बाँडफाँड गरिसक्नुपर्नेछ भने आइतबार प्रि अलटमेन्ट भए पनि बुधबारसम्ममा बाँडफाँड गर्नुपर्ने हुन्छ। यसको अर्थ आगामी बुधबारसम्ममा कम्पनीको आइपीओ बाँडफाँड हुनेछ।

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ। कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। यो मागभन्दा ७.६१ गुणा धेरै हो। यसमा अझै केहि आवेदन रद्द हुनसक्ने भएकोले आवेदनको संख्या केही घट्न सक्छ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाँउछन्। यसअनुसार हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।