युनाईटेड इदी मार्दीको प्रि अलटमेन्ट सकियो, सोमबारसम्ममा बाँडफाँड गर्ने तयारी

Nov 27, 2020 12:22 PM Merolagani



युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आगामी साता बाँडफाँड हुने भएको छ। 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपीओको आज प्रि अलटमेन्ट सकिएको छ। अब ढिलोमा आगामी मंगलबार सम्ममा आइपीओ बाँडफाँड गर्ने क्यापिटलले जनाएको छ।

"आज प्रि अलटमेन्ट भयो। बाँडफाँड आगामी सोमबार वा मंगलबारसम्ममा हुन्छ। त्यो भन्दा पछाडि जाँदैन" क्यापिटलका प्रतिनिधिले मेरोलगानीसँग भने

आज प्रि अलटमेन्ट भएपछि आगामी ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो । 

त्यस मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरिने छ। 

कम्पनीको शेयरमा माग भन्दा बढी आबेदन परेकाेले न्युन्तम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ। 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।