प्रभु लाइफलाई आईपीओ निष्काशन गर्न धितोपत्र वोर्डको अनुमति

Nov 27, 2020 03:20 PM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLIL) लाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई आईपिओ निष्काशन गर्न मंसिर ११ गते बिहिबार अनुमति दिएको हो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो ।

कम्पनीको आईपीओलाई रेटिङ कम्पनी इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउछ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई रहेको छ ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।