प्रभु लाइफलाई आईपीओ निष्काशन गर्न धितोपत्र वोर्डको अनुमति

Nov 27, 2020 03:20 PM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLIL) लाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई आईपिओ निष्काशन गर्न मंसिर ११ गते बिहिबार अनुमति दिएको हो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो ।

कम्पनीको आईपीओलाई रेटिङ कम्पनी इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउछ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई रहेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।