एशियाली शेयर बजारमा लगातार बढोत्तरी

Dec 01, 2020 11:31 AM Merolagani



कोभिड–१९ भ्याक्सिनको सम्भावनाबाट उत्साहित एशियाली शेयर बजारमा लगातार बढोत्तरी देखिएको छ । केही दिनदेखि बढिरहेको एशियाली शेयर बजारले सोमबार एक महिनाको रेकर्ड वृद्धि कायम गरेको थियो । 

मंगलबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.२६ प्रतिशतले बढेको छ । यो महिना मात्र उक्त सूचक ९ प्रतिशतभन्दा धेरैले बढेर सन् २००१ पछिको उत्कृष्ट नोभेम्बरका रुपमा रहेर उच्च मासिक वृद्धि हासिल गरेको थियो ।

यसैगरी जापानको निक्केई सूचक, अस्ट्रेलियाको एसएण्डपी÷एएसएक्स २०० सूचकमा ०.९ प्रतिशतभन्दा बढीको बढोत्तरी देखियो । जबकि दक्षिण कोरियाको शेयर सूचक १.४ प्रतिशतभन्दा बढीले बढेको छ ।

कोभिड–१९ महामारीको सुरुवात भएको विश्वको सबैभन्दा देस्रो ठूलो अर्थव्यवस्थाका रुपमा रहेको चीनमा लगातार सुधारका तथ्यांकहरु सार्वजनिक भएसँगै मंगलबार चीनको ब्लू–चिप शेयर सूचक ०.७२ प्रतिशतभन्दा धेरैले बढेको छ । एजेन्सी 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।