एशियाली शेयर बजारमा लगातार बढोत्तरी

Dec 01, 2020 11:31 AM Merolagani



कोभिड–१९ भ्याक्सिनको सम्भावनाबाट उत्साहित एशियाली शेयर बजारमा लगातार बढोत्तरी देखिएको छ । केही दिनदेखि बढिरहेको एशियाली शेयर बजारले सोमबार एक महिनाको रेकर्ड वृद्धि कायम गरेको थियो । 

मंगलबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.२६ प्रतिशतले बढेको छ । यो महिना मात्र उक्त सूचक ९ प्रतिशतभन्दा धेरैले बढेर सन् २००१ पछिको उत्कृष्ट नोभेम्बरका रुपमा रहेर उच्च मासिक वृद्धि हासिल गरेको थियो ।

यसैगरी जापानको निक्केई सूचक, अस्ट्रेलियाको एसएण्डपी÷एएसएक्स २०० सूचकमा ०.९ प्रतिशतभन्दा बढीको बढोत्तरी देखियो । जबकि दक्षिण कोरियाको शेयर सूचक १.४ प्रतिशतभन्दा बढीले बढेको छ ।

कोभिड–१९ महामारीको सुरुवात भएको विश्वको सबैभन्दा देस्रो ठूलो अर्थव्यवस्थाका रुपमा रहेको चीनमा लगातार सुधारका तथ्यांकहरु सार्वजनिक भएसँगै मंगलबार चीनको ब्लू–चिप शेयर सूचक ०.७२ प्रतिशतभन्दा धेरैले बढेको छ । एजेन्सी 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।