गरिब र मध्यम वर्गलाई झन् गरिब बनाइरहेकाे झुठबारे ज्ञान दिने 'फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स' काे पुस्तक सारंश भाग ६

Dec 02, 2020 07:18 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा अघिल्लाे साता हामीले फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स पुस्तक सारंशकाे पाँचाै भाग प्रस्तुत गरेका थियाैँ। यस पुस्तकलाई रोबर्ट काओसाकीले लेखेका हुन्। शुरु गरौँ पुस्तक सारंशको छैठाैँ भागः

अध्याय १०ः किन गल्तीहरु उत्कृष्ट वास्तविक शिक्षक हुन्? गल्तीहरुलाई स्मार्ट बन्न प्रयोग गर्नुहोस्।

एक बालक लडेर नै हिँड्न सिक्छ। अर्को, एक बालक लडेर नै साइकल चलाउन सिक्छ। त्यसपछि उनीहरु स्कुल जान्छन् र उनीहरुलाई सिकाइन्छ, ‘गल्तीले तिमीलाई मूर्ख बनाउँछ’। यो पागलपन हो। तपाई जुन क्षण ‘सही र गलत’ को अवधारणाले सञ्चालित हुनुहुन्छ, त्यही क्षणदेखि तपाईको बृद्धिमानी आधा हुन्छ। त्यसैले हामी सिक्काको छेउमा उभिनु पर्छ जसले गर्दा हामी सही र गलत दुबै देख्न सक्छौँ, यसले तपाई बुद्धि बढाउँछ। आफ्नो बारेमा सोच्नुहोस्।

आमाबुबाले, जब बच्चाहरु जीन्दगीको यात्रामा निस्किन्छन्, त्यसबेलाको लागि गरिने तयारीको इच्छा र मायाबाहेक बच्चाहरुलाई गल्ती नगर्न सिकाउँछन् ताकि उनीहरुलाई समाजले सजिलै स्वीकारोस्।
तपाई त्यो थाहा पाउन सक्नुहुन्न जुन तपाईलाई थाहा छैन। अर्को शब्दमा भन्नुपर्दा कुनैपनि कार्य गर्दा कुनै गल्ती नहोस् भनेर निकै चनाखो हुनुहुन्छ।

गल्तीहरु महान हुन्– जति गल्ती गर्नुहुन्छ, त्यती स्मार्ट बन्नुहुन्छ। लेखकका गल्तीहरु नै उनका वास्तविक शिक्षक हुन्। उनको गल्ती उनको गल्ती हो। तपाईको गल्ती तपाईको गल्ती हो। अर्को कुरा, उनको गल्ती उनको लागि थियो भने तपाईको गल्ती तपाईको लागि हुनेछ। लेखकले गर्नसक्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको तपाईलाई गल्ती गर्न उक्साउनु हो र त्यसबाट केही सिकाउनु हो।
गल्तीबाट सिक्ने प्रक्रिया पहिला आफुले गरेको गल्तीलाई स्वीकार्नुबाट शुरु हुन्छ र त्यसपछि माया र धैर्यताका साथ भगवानले तपाईको लागि बनाएको पाठ सिक्नु। त्यसपछि मात्र तपाईलाई गल्तीले स्मार्ट बनाउँछ।

एक महत्वपूर्ण पाठ

सबैभन्दा पहिला लेखकले ‘प्रलोभनमा नपर्नुहोस्’ भन्ने सिके। आजको बेकार समाजमा प्रलोभन भनेकोः कहिल्यै गल्ती नगरेको अभिनय गर्नु। मानिसहरु आफु पर्फेक्ट भएको अभिनय गर्न रुचाउँछन्। झुठ। बहाना बनाउनु। दोष दुई शब्द होः हुनु र लंगडा। अदालत जाऊ। केही ठूलो गर अथवा घर जाऊ।

गल्ती सफलताको मूख्य सुत्र हो

थोमस एडिसनले गल्तीहरु गरेरै विश्व परिवर्तन गरे। उनले विद्युतीय चीम आविष्कार गर्नु अघि ३ हजार पटक असफल भएको बताएका छन्। हेनरी फर्ड फर्ड मोटर कम्पनी सफल हुनुभन्दा अघि बैंकरप्ट भएका थिए। र एमाजोनका जेफ बेजोस पनि असफल भएका थिए। केएफसी सफल हुनुभन्दा अगाडि ६५ वर्षसम्म धेरै पटक असफल भएका थिए।

अभ्यासको शक्ति

टाइगर उड्स अभ्यास बिना विश्वको महान गल्फर बनेका होइनन्। उनले करोडौँ गल्तीहरु गरे र गल्फ बललाई हान्ने लाखौ प्रयास गरे। र माल्कोम ग्ल्याडवेलले आफ्नो पुस्तक आउटलायर्समा लेखेका छन् बिटल्स ब्याण्डले जस्तो अभ्यास इतिहासमा कहिल्यै गरेका छैनन्। उनले यो पनि लेखेका छन् कि सफल हुनका लागि प्रतिभा मात्र भए पुग्दैन। फरक घण्टौँको अभ्यासले पनि पार्छ।
सफल हुनुभन्दा अगाडि द बिटल्सले हरेक रात ८ घण्टा अभ्यास गर्दथे।

डाक्टर, वकिल र डेन्टिस्टहरुले आफ्नो व्यवसायलाई व्यवसाय भन्दैनन्। प्रोफेशनलहरुले आफ्नो व्यवसायलाई अभ्यास भन्छन्। उनीहरुले तपाईमाथि अभ्यास गर्दछन्। अर्थात, वास्तविक शिक्षकले तपाईलाई जे सिकाउँछ, त्यसको अभ्यास गरेको हुन्छ। फेक शिक्षकले गर्दैनन्। फुल्लरले भनेजस्तै, ‘गल्तीहरु तब पाप हुन् जब त्यसलाई स्वीकारिँदैन’। दिनुहोस्, अनि मात्र तपाईले पाउनुहुनेछ। अर्को एउटा भनाइ छ, ‘सिकाउनुहोस् र तपाईले राम्रोसँग सिक्ुहुन्छ। गल्तीहरु सफलताको मूख्य सुत्र हो। हार्ने डरले धेरै हरुवा सिर्जना गर्छ। पैसा एउटा पागल विषय हो। पैसाको लागि मानिसहरु पागलपूर्ण काम गर्छन्, आफुलाई मन पर्ने मान्छेको पनि हत्या गर्छन्, लागु औषध बेचविखन गर्छन्, आफ्नो शरीर बेच्छन, पैसाको लागि विवाह गर्छन्, मन नपर्ने जागीर खान्छन्।

अधिकांश मानिसहरु वित्तीय जोखिमलाई छल्न खोज्छन् तर यो नै उनीहरुले लिएको सबैभन्दा ठूलो वित्तीय जोखिम हो। जोखिम विरोधी व्यक्तिहरु फरक वर्गमा पर्दछन्:

कमदारः जोखिम विरोधी व्यक्ति लटरी खेल्छ, पोनी वा खेल कार्यक्रममा बाजी हाल्छ, वा लास भेगस र प्रतिष्ठित व्यक्ति भएको अभिनय गर्छ।

विद्यार्थीः अमेरिकी सरकारको पहिलो सम्पत्ती स्टुडेन्ट लोन डेब्ट हुनुको कारण शिक्षा प्रणालीमा त्यहाँको विश्वास हो। उनीहरु विश्वास गर्छन् कि शिक्षाले कठोर क्रुर संसारबाट मुक्ति दिन सक्छ।

अपराधीः धेरै इमान्दार, जोखिम विरोधी मानिसहरु निरिह अपराधी बन्छन्। उनीहरु पैसाको लागि काम गर्छन्, उनीहरुले कर तिर्नु पर्दैन।

असफलताको दर मानिसको सबैभन्दा शक्तिशाली भावना हो। धेरै मानिसका लागि वित्तीय असफलताको डरले उनीहरुलाई पक्षघात गर्छ, उनीहरुलाई सानो, गरिब र आज्ञाकारी बनाउँछ।

केही व्यक्तिहरुका लागि मात्र वित्तीय असफलताको डरले केही कुरा सिक्न, वास्तविक विद्यार्थी बन्न र वास्तविक शिक्षक खोज्न अभिप्रेरित गर्छ। गल्तीहरु असफलता होइन। लेखकका लागि गल्तीहरु वास्तविक सिकाईका अनुभव हुन्। हरेक असफलता, अलि पिडादायी भएपनि नम्रताको एक पाठ हो, वास्तविक नम्रताले नै मानिसले सिक्न सक्छ।

अध्याय ११ः कसरी स्कुल जानुले मानिसलाई गरिब बनाइराख्छ। अप्रचलित प्राणालीको विरोध

वास्तविक शिक्षाले मानिसहरुलाई शक्ति प्रदान गर्दछ। अरुले गर्न नसक्ने कार्य गर्न यसले शक्ति दिन्छ। र, धेरै जसो मामलामा उनीहरुले सोचेका चीजहरु उनीहरुका लागि कदापि सम्भव नहुन सक्छ।

फेक शिक्षाले मानिसलाई गरिब, सानो, सीमित र जीवनका ससाना जालहरुमा अल्झाइरहन्छ, सीमित सोँचले सीमित बनाइरहन्छ।

‘म गर्न सक्दिन’। मानिसले प्रयोग गर्ने सबैभन्दा खतरनाक र विनाशकारी शब्द हो ‘म गर्न सक्दिन’। विशेषगरी जब पैसासँग सम्बन्धित कुरा आउँछः ‘म यो किन्न सक्दिन’।

के कारण गरिबी हुन्छ?

जब वित्तीय गरिबीको कुरा आउँछ, केही छोटा वाक्यः ‘म किन्न सक्दिन’ ले मानिसलाई गरिब बनाइराख्छ र मानिसलाई सानो पनि बनाइराख्छ। यदि कुनै व्यक्तिले यो सक्दिनलाई प्रश्न बनाइरह्यो भने त्यो मानिस जहिले पनि वित्तीय रुपमा गरिब नै रहन्छ, चाहे उसले जति नै पैसा किन नकमाओस्। वास्तविक वित्तीय शिक्षा बिना धेरै मानिसहरु यो सोचेर जीवन बिताउँछन् कि ‘म यो किन्न सक्दिन’ ‘तिमी यो गर्न सक्दैनौ’ ‘मैले त्यो गर्न सकेको भए.....’

अदृश्य गरिबी

विद्यालयले मानिसहरुलाई अदृश्य रुपमा गरिब बनाइरहेको हुन्छ। स्कुलहरुले अदृश्य गरिबीलाई अझ सुदृढ बनाउँछः

१) गल्ती गरेका कारण विद्यार्थीहरुलाई सजाय दिएर

२) गल्तीले मानिसलाई मूर्ख बनाउँछ भन्ने सिकाएर

३) गल्तीबाट सिकाउनु भन्दा जवाफ रट्न लगाएर

४) शिक्षकहरुसँग भएको जवाफ नै सही हो भन्ने घोषणा गरेर

५) हरेक सिक्कामा तीन पक्ष हुन्छ भन्ने अवधारणा भन्दा सही र गलत भन्ने सिकाएर

६) वास्तविक वित्तीय शिक्षाको अभाव

७) सहकार्यलाई चोरीको रुपमा हेर्न सिकाएर

८) आफ्नो परीक्षा आफै लिनएर

९) सहयोग माग्नु अस्वीकार्य बनाएर

१०) कहिले पनि ‘मलाई थाहा छैन’ भन्न नलगाएर

११) अरुलाई सहयोग नगरेर

१२) अंकको आधारमा वर्गिकृत गरेर चाहे त्यहाँ स्मार्ट मान्छे होस् या मूर्ख।

सन् १९८९ मा, सर टिम बर्नर्स ली ले वर्ल्ड वाइड वेबको आविष्कार गरेसँगै, दुनियाँले औद्योगिक युगबाट सुचनाको युगमा प्रवेश गर्यो र तिव्र गति लिइरहेको छ। यद्यपि, शिक्षा प्रणाली परिवर्तन भएको छैन। शिक्षा लामो समयदेखि फ्रिज नै छ।

तपाईको सबैभन्दा ठूलो सम्पत्ती भनेकै मानिसहरु हुन्। केहि मानिसहरु तपाईको ठूलो दायित्व हुनसक्छन्। बाँच्नका लागि मानवता चाहिन्छ, त्यसैले हामी सबैले सत्य बोल्न शुरु गर्नुपर्छ। जब मानिसहरु आफ्नो मानविय दायित्वको बारेमा कुरा गर्न थाल्छन्, उनीहरु आफ्नो बच्चाहरुको र आफ्नो शिक्षाको अपर्याप्तता बारे साँचो कुरा गर्न थाल्छन्। सामान्य अर्थमा भन्नुपर्दा, जति तिव्र परिवर्तनहरु भइरहेका छन्, त्यस अनुसारको जनशक्ति तयार गर्न शिक्षा प्रणालीले सकेको छैन। वास्तविक आध्यात्मिक शिक्षा बिना मानिसहरु पक्षघात भएजस्तै हुन् किनभने फेक शिक्षकले उनीहरुलाई गल्ती नगर्न सिकाउँछन्, र सहयोग नमाग्न सिकाउँछन्। किनभने सहयोग माग्नु चोरी गर्नु हो। वास्तविक वित्तीय शिक्षा बिना मानिसहरु अन्धो हुन् किनभने शिक्षिक सम्भ्रान्त व्यक्तिहरुका लागि आँखा नदेख्ने व्यक्तिहरुले गरेको कामको पैसा चोर्न सजिलो छ।

अध्याय १२ः शिक्षामा उद्यमीः के तपाई भविष्य देख्नुहुन्छ?

हाम्रो शिक्षा एक समस्या हो। अर्थात, हामीले के सिकाउँछन्, कसरी सिकाउँछन् र कसले सिकाउँछन्, त्यो समस्या हो। मानवता गहिरो अभावमा डुबेको छ–उदाहरण बिनाको अभाव।

comments powered by Disqus

सिटिजन्स बैंकको खुद नाफा साढे ४१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार

Apr 20, 2021 06:37 AM

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ।