खातामै नभएको शेयर बिक्री हुन थाल्यो,यसैको फाइदा उठाउँदै जान्ने सर्ट सेल गर्दै,नजान्ने क्लोज आउटमा पर्दै

Dec 07, 2020 12:37 PM Merolagani

सुवास निरौला

पछिल्लो समय डिपि होल्डिङ चेक (शेयर बिक्री गर्नु भन्दा अघि बिक्री कर्ताको डिम्याट खातामा बिक्री आदेश दिए बराबरको शेयर भए,नभएको जाँच गर्ने उपकरण) भरपर्दो हुन छाडेको छ।

डिपि होल्डिङ भरपर्दो चेक जाँच नभएका कारण बाठा लगानीकर्ताले सर्ट सेल(डिम्याट खातामा हुँदै नभएको शेयर बिक्री गर्ने उपकरण) गर्न थालेका छन् भने कोही क्लोज आउट( खातामा नभएको शेयर बिक्री गर्दा लाग्ने जरिवाना) परि चर्को जरिवाना तिर्न बाध्य भएका छन्।

बजार बढेको बेलामा डिपि होल्डिङ चेकले यति बेला काम गर्न छाडेको छ। जसको फाइदा केही बाठा लगानीकर्ताले भटाभट फाइदा उठाउन थालेका छन्। पछिल्लो समय भएको प्राबिधिक त्रुटिको उपयोग गर्दै धेरै लगानीकर्ताले खातामा हुँदै नभएको शेयर बिक्रि गरेर हैरान बनाउन थालेको एक ब्रोकर कम्पनीका सञ्चालकले बताएका छन्।"पछिल्लो समय केही लगानीकर्ताको डिपि होल्डिङ चेक हुन छाडेपछि उनीहरूले हुँदै नभएको शेयर बिक्री गर्न थालेका छन्। पछि कारोबार राफसाफ गर्दा हामीलाई हैरान हुन थालेको छ। ग्राहकलाइ नगर्नुस् भन्दा मान्दैनन्। फेरि हामीले अलि चर्को गर्दा ग्राहक नै भड्किने भएकोले चुपचाप बस्नु परेको छ" ती सञ्चालकले भने।

तर केही लगानीकर्ता भने आफै अन्योलमा परेका छन्। हुँदै नभएको शेयर समेत बिक्री हुँदा लगानीकर्ता नै अचम्ममा परेका छन्। भुलबस भएको शेयरमा क्लोज आउटमा नपर्दा उनीहरू दङ्ग त छदै छन्। तर कसरी यस्तो भयो भन्नेमा भने अझै उनीहरूले बुझ्न सकेका छैनन्। गत बुधवार शिव घिमिरेको डिम्याट खातामा शिवम् सिमेन्टको बेच्न मिल्ने शेयर १३ सय सात कित्ता थियो। तर बजार घटेको बेला हतार हतार उनले टुक्रा टुक्रा गर्दै शेयर बिक्री गर्दै गए। अन्तमा शेयर बिक्री गरिसकेपछि उनले आफुसित भएको शेयर भन्दा बढी कित्ता शेयर बिक्री भइसकेको चाल पाए।

आफूसित भएको भन्दा बढी शेयर बिक्री भएर क्लोज आउटमा परिने चिन्ताले उनलाई हैरान बनाएको थियो। तर अघिल्लो दिन आफुले किनेको त्यही कम्पनीको शेयर आफ्नो खातामा आएपछि उनले राहतको सास फेरे। उनी क्लोज आउटमा पर्न बाट जोगिए। तर हुँदै नभएको शेयर कसरी बिक्री भयो भन्ने कुरामा भने अझै उनी अन्योलमै छन्।

शेयर बिक्री हुनु भन्दा पहिले खातामा शेयर भए नभएको जाँच गरेर मात्रै नेप्सेको अनलाइन प्रणालीले कारोबार सम्पन्न गर्ने गर्छ। तर खातामै नभएको शेयर भटाभट बिक्री हुन थालेपछि प्रविधि निर्माण कम्पनी र नेप्सेप्रति चलखेल हुन थालेको आशङ्का लगानीकर्ताले गर्न थालेका छन्।  शेयर बजारका लगानीकर्ता केशव कोइरालाले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै नेप्से र प्रविधि निर्माण कम्पनी वाइकोले मिलेमतो गर्दै सर्ट सेल खुला गरेको भनेका छन्।

पछिल्लो समय बजार बढेको बेला र अलि धेरै अनलाइन कारोबार एक्टिभ भएको बेलामा डिपि होल्डिङ चेक नहुने समस्या बारम्बार दोहोरिन थालेको दीपशिखा धितोपत्र कारोबार कम्पनीका निर्देशक विष्णु ओझाले बताए।"बजार बढेको बेलामा र अनलाइन कारोबार बढी एक्टिभ भएको बेलामा डिपि होल्डिङ चेक नहुने समस्या धेरै देखिन थालेको छ" ओझाले मेरो लगानीसँग भने। उनका अनुसार हालै उनकै कम्पनीका एक क्लाइन्टले बढी कित्ता शेयर बिक्री गरेकै कारण क्लोज आउटमा परि ७० हजार रुपैयाँ जरिवाना तिर्नु परेको उनको भनाइ छ।"हालै मेरै क्लाइन्टले हुँदै नभएको शेयर बिक्री गर्नु भएछ। वाहाले भुल बस गरेको बिक्रीको बदलामा ७० हजार रुपैयाँ जरिवाना तिर्नु पर्‍यो "ओझाले भने।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।