समस्या यो हो कि प्रविधि विकसित हुँदैछ–तर मानिस विकसित भइरहेको छैन। मानिसहरु पछिल्लो ५००–१००० वर्षदेखि धेरै परिवर्तन भएको छैन। मानव विकासको लागि, अर्को शिक्षाको स्तरले हाम्रो दिमागलाई परिवर्तन गर्न, बन्द गर्न र भगवानतर्फ मोड्न आवश्यक छ।
मौन रहनुहोस्, स्थिर रहनुहोस् र भगवानको विद्यार्थी बन्नुहोस्, जो समग्रको निर्देशक हो। अहिले प्रायः व्यक्तिहरु आफुले खाने खानाको बारेमा सतर्क छन्। कति जना मानिसहरु आफ्नो दिमागमा राखिएको जानकारीको बारेमा सतर्क छन्? जसरी यहाँ कबाड सामान व्यवसाय र व्यवसायी छन्, त्यसरी नै यहाँ त्यस्तो व्यवसायी र व्यवसाय पनि छन् जो कबाड सूचना बिक्री गर्छन्।
भाग ३ः फेक एसेट्स
किन गरिब र मध्यम वर्ग गरिब हुँदै गइरहेका छन्? किनभने उनीहरु फेक एसेट्समा लगानी गर्छन् जसलाई उनीहरु रियल एसेट्स सोच्छन्। धनीहरु पैसाको लागि काम गर्दैनन्। बचतकर्ता लुजर हुन्। तपाईको घर तपाईको सम्पत्ती होइन। यो सन् १९९७ मा पहिलो पटक प्रकाशित भएको पुस्तक रिच ड्याड, पोर ड्याडका भनाइ हुन्। धेरै मानिसहरु रियल दायित्वमा लगानी गरिरहेका छन्, वास्तविक सम्पत्तीमा होइन।
अध्याय १४ः किन जवनीमै रिटायर हुनु? अर्को ठूलो संकट
अवकाशको प्रकोप बढिरहेको छ। पेन्सन बढीरहेको छ। पेन्सन योजनाहरु लगभग विश्वव्यापी मान्यता पाइसकेको छ। अधिकांश समय, राजनीतिज्ञहरुले समस्यालाई वेवास्ता गर्छन् र प्रशासनको बाटोमा लाग्न खोज्छन्। मूडिज इन्भेष्टर्स सर्भिसेजको अनुमान यो छ कि राज्य र स्थानीय निवृत्तिभरणहरुले लगभग ४ त्रिलियन डलरको दायित्व छुट्याएको छ, यो विश्वको चौथो ठूलो अर्थव्यवस्था, जमर्नीको अर्थतन्त्र लगभग बराबर हो।
सन् २०१८ मा श्वार्ट्ज सेन्टर फर इकोनोमिक पोलिसी एनालाइसीसद्वारा गरिएको एक अध्ययनले यो निष्कर्ष निकालेको छ कि अमेरिकी मध्यम वर्गको ४० प्रतिशत गरिब हुनुका साथै उनीहरु आफ्नो सेवा निवृत्तिमा प्रवेश गर्छन्। भोलिका गरिबहरुसँग आज जागिर छ तर भोलिको लागि कुनै सेवा निवृत्ति छैन।
रिटायर रिच
सन् १९७४ मा, लेखकको उद्देश्य वार्षिक १ लाख २० हजार डलर निष्क्रिय आम्दानी आर्जन गर्नु थियो। त्यसपछि उनी ‘जवानीमा नै रिटार’ हुन सक्थे।
सन् १९९४ मा, किम र लेखक सो लक्ष्यमा पुगे। किम ३७ वर्षका थिए भने लेखक ४७ का। फेरी, यसका लागि लेखकलाई २० वर्ष लाग्यो। किमका लागि मात्र १० वर्ष लाग्यो।
एक पटक उनीहरुले सो लक्ष्य प्राप्त गरिसकेपछि अर्को लक्ष्य वार्षिक १.२ मिलियन डलर थियो। त्यो लक्ष्य प्राप्त भइसकेपछि अर्को लक्ष्य १२ मिलियन प्रतिवर्ष बन्यो। यो व्यक्तिगत चुनौति थियो। पहिला जवानीमै रिटायर हुने, त्यसपछि धनी भइ रिटायर हुनु। गणित गाह्रो छैन। पहिलो, मासिक १० हजार डलर, त्यसपछि १ लाख डलर, त्यसपछि १० लाख प्रतिमहिना।
क्वाडरेन्टको ‘बि’ र ‘आई’ साइडमा पैसा कमाउनु एक खेल मात्र हो। सबैभन्दा महत्वपूर्ण प्रश्न यो हो किः के तपाई आफ्नो खेलको बारेमा भावुक हुनुहुन्छ? भगवानले के गर्न चाहनुहुन्छ, गर्नुहुन्छ। भगवान के गर्न चाहनुहुन्छ? वित्तीय स्वर्गमा धेरै ढोकाहरु छन्। त्यस्तै, वित्तीय नरकमा पनि धेरै ढोकाहरु छन्।
हामी सबैलाई थाहा छ, ‘बि’ र ‘आई’ क्वाडरेन्टका धेरै व्यवसायीहरु सफलता प्राप्त गर्नुभन्दा पहिले नरकबाट गुजरेका हुन्छन्। धेरै व्यक्तिहरुले आर्थिक नर्कको ढोका लिन्छन् र उनीहरु कहिल्यै फर्किदैनन्। हाम्रो शिक्षा प्रणाली आत्मा बिनाको प्रणाली हो। पैसाको प्रयोग सबैले गर्छन्। जहिले पनि। पैसालाइ स्कुलमा किन नपढाउनु? सबै वित्तीय योजनाकारहरु सामान्यतया त्यस्तै प्रडक्टहरु बिक्री गरिरहेका छन्ः स्टक, बण्ड, म्युचुअल फण्ड, ईडिएफ, सेभिङ्ग र बीमा।
खेलको नाम
चमत्कारहरु हुँदैनन् किनभने वित्तीय योजना बनाउने कम्पनीहरुले खेलिरहेको खेलको नाम ‘हाम्रा ग्राहकलाई धनी बनाऔँ’ होइन। त्यो खेलको नाम ‘एसेट्स अन्डर म्यानेजमेन्ट’ हो।
रिच ड्याडको योजना
रिच ड्याडले उनको छोरा र लेखकलाई सिकाए कि त्यहाँ चार आधारभूत सम्पत्ती वर्गहरु छन्। त्यो होः व्यवसाय, रियल स्टेट, कागजी सम्पत्ती (स्टक, बण्ड, म्युचुअल फण्ड, सेभिङ्ग) र कमोडिटी (सुन, चाँदी, तेल, खाना, पानी)। धेरै वित्तीय योजनाकारहरु कमिशनको लागि कागजी सम्पत्ती र बीमा बेचिरहेका छन्।
तपाईलाई जे मन पर्छ त्यसमा लगानी गर्नुहोस्। कागजी सम्पत्तीहरु औषत लगानीकर्ता जोसँग धेरै वित्तीय शिक्षा छैन, उनीहरुको लागि सबैभन्दा राम्रो हो। सबै कागजी सम्पत्तीहरु डेरिभेटिभको रुप हो। तिनीहरु वास्तविक सम्पत्ती होइन। तिनीहरु फेक एसेट्स हुन्।