मंगलबार सुनचाँदीको भाउमा थप बढोत्तरी, प्रतितोला कति?

Jan 05, 2021 12:16 PM Merolagani



पुस २१ गते, मंगलबार सुनचाँदीको भाउ थप बढेको छ। यस दिन सुन तोलामा एक हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। सो दिन सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ। यस अघिको दिनमा चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।