नारायणी डेभलपमेन्ट बैंकले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

Jan 06, 2021 08:18 AM Merolagani



नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हालै बोर्डबाट स्वीकृती प्राप्त शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

सो प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते, स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा १९ औँ वार्षिक साधारण सभा डाकेको छ।

सो सभाले हकप्रद निष्काशनका साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

१९ औँ वर्षिक साधारण सभा प्रयोजनार्थ बैंकले पुस २९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसका साथै बैंकले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयाेजनकाे लागि पनि साेही दिन बुकक्लाेज गर्ने बताएकाे छ। यस अनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरमा अावेदन दिन तथा बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।