सानिमा बैंकको ऋणपत्र बाँडफाँट

Jan 07, 2021 08:28 AM Merolagani



सानिमा बैंक (SANIMA) ले पुस २१ गते ऋणपत्र बाँडफाँट गरेको छ। बैंकले गत पुस १ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको ‘८.५० प्रतिशत सानिमा डिबेञ्चर २०८७’ बाँडफाँट गरेको हो।

सो बाँडफाँटलाई पुस २२ गते बसेको बैंकको सञ्चालक समितिले अनुमोदन पनि गरिसकेको छ। बाँडफाँट सम्बन्धि विवरण आवेदकहरुले मेरोशेयरबाट हेर्न सकिने बैंकले जनाएको छ।

बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो। निष्काशित कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।