चन्द्रागिरी हिल्सको आईपीओमा पहिलो दिनमा नै साढे ३ गुणा बढीकाे आबेदन

Jan 08, 2021 04:29 PM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा पहिलो दिनमा नै करिब साढे तीन गुणा बढी आबेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार शुक्रबार साढे ३ बजे सम्ममा  ४७ लाख ९६ हजार ७०० कित्ता शेयर माग भएकाे हाे ।

कम्पनीको शेयरमा  २ लाख ३१ हजार ८९२ बाट आबेदनबाट ४७ लाख ९६ हजार ७०० कित्ता अर्थात ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको आबेदन परेको छ । यो सर्वसारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको ३.४३ गुणा बढी हो ।

कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा पुस २८ गते हुनेछ भने त्यस अवधिमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म म्याद थप हुनेछ। कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन्। चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

 




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।