त्यसैले विद्यालयमा बालबालिकालाई भाइरस कसरी सर्दछ? र विद्यालय बन्द गर्दा के फरक पर्छ?
बालबालिका र युवाहरुबीच जोखिमको भिन्नता?
बालबालिकाहरुलाई भाइरसबाट गम्भिर रुपमा ग्रसित हुने खतरा कम छ। महामारीको सुरुवात भएसँगै यसमा परिवर्तन आएको छैन। बेलायतमा तिव्र रुपमा फैलिरहेको नयाँ प्रकारको कोरोना भाइरसमा पनि जोखिम कम भएको पाइएको छ।
महामारीको दोश्रो लहरमा बालबालिकामा संक्रमण उल्लेख्य वृद्धि भएतापनि बालस्वास्थ्य विशेषज्ञहरुले अस्पतालमा पर्याप्त मात्रामा कोभिडसँग सम्बन्धित रोगहरु भएका बालबालिका नदेखिएको बताउंछन्।
रोयल कलेज अफ पेडियट्रिक्स एण्ड चाइल्ड हेल्थका निर्देशक तथा प्रोफेसर रुसेल भिनरका अनुसार समुदायमा कोभिड १९ संक्रमण बढेमा बच्चाहरुमा पनि थोरै मात्रामा संक्रमणदर बढ्नेछ तर धेरैजसो बालबालिका तथा युवाहरुमा कुनै लक्षण देखिदैन वा हल्का अस्वस्थता मात्र देखिन्छ। यस्तै डा. माइक टिल्डेस्ले, संक्रामक रोगका मोडलर भन्छन्, 'नयाँ प्रकारको भाइरसका बावजुद पनि हामीले प्राइमरी स्कुलहरुमा संक्रमण खासै बढेको पाइरहेका छैनौँ।'
तीनमध्ये एक व्यक्तिमा संक्रमण नभएको मानिएको छ र कम्तिमा युवाहरु जस्तै बालबालिकामा पनि लक्षणहिन संक्रमण देखिएको छ।
के बालबालिकाबाट संक्रमण सर्दछ?
प्राथमिक विद्यालयमा पढ्ने साना बालबालिकामध्ये ११ वर्षसम्मलाई सीमित मात्रामा कोरोना संक्रमण फैलिनसक्ने तथ्यांकले देखाउँछ।
यस उमेरका बालबालिका आफ्ना साथीभाई तथा परिवारसम्म संक्रमण फैलाउने मूख्य कारक हुँदैनन्। तर माध्यमिक विद्यालयका विद्यार्थीहरुका हकमा भने भिन्न छ। यद्यपी उनीहरु संक्रमण फैलाउन बढि सक्षम हुन्छन्। तर किशोर किशोरीहरुले वयस्क भन्दा बढि संक्रमण सार्न सक्ने विषयमा भने कुनै प्रमाण छैन।
स्कुले विद्यार्थी र युवा वयस्कहरुले संक्रमणको दोश्रो लहरमा अन्य उमेर समूहका व्यक्तिहरुभन्दा छिटो संक्रमण फैलिएको अनुभव गरेका छन्। यसले उनीहरुलाई साथ ल्याउने अवसर कम गराउन सक्छ।
जस्तै : नोभेम्बरमा इंग्ल्याण्डमा भएको लकडाउनमा विद्यालयहरु खुला गरेर सामान्य रुपमा सञ्चालन गरिएको थियो जबकि अन्य धेरै क्षेत्रहरु बन्द रहेका थिए।
विद्यालयको भूमिका कस्तो हुन्छ?
जब विद्यालयहरु खुला हुन्छन्, विशेष गरी माध्यमिक विद्यालयमा पढ्ने उमेरका विद्यार्थीहरुभित्र नै संक्रमण बढि फैलिन्छ। विद्यालयहरुमा हुने बिदा पछि संक्रमण घटेको संकेत पाइएको छ।
तर के विद्यालयमा हुने संक्रमणको दरले सामान्यतया समुदायमा संक्रमणको स्तर दर्शाउंछ?
बेलायतका १०० विद्यालयहरुमा गरिएको ओएनएस सर्भेको तथ्यांक अनुसार लक्षणबिनाका बालबालिका तथा कर्मचारीहरुको परीक्षणमा यस्ता केसको संकेत गर्दछ। नोभेम्बरमा १.२४ प्रतिशत बालबालिका र १.२९ प्रतिशत कर्मचारीहरुमा कोरोना पोजिटिभ पाइएको थियो। जसले सामान्य रुपमा जनसंख्याको अनुमानित १.२ प्रतिशत संक्रमण दर भएको देखाउँछ।
बेलायत सरकारका वैज्ञानिक सल्लाहकारको समूहले पनि विद्यालयमा संक्रमण सर्ने चुनौतीको पहिचान गरेको छ। 'यस प्रभावको आकारको मात्रा तोक्न अप्ठ्यारो छ र अन्य स्थलभन्दा विद्यालयमा संक्रमण सर्ने स्तरको पहिचान गर्न कठिन छ,' उनीहरुले डिसेम्बरको आफ्नो पेपर मार्फत भने।
के विद्यालय बन्द हुनुले प्रभाव पर्छ?
पहिलो लकडाउनपछि शिक्षाको महत्वका कारण बेलायती सरकारका मन्त्रीहरुको प्राथमिकता विद्यालय सुचारु गर्नु रहेको थियो।
सेज ग्रुपका सल्लाहकारहरुले बताए अनुसार विद्यालय बन्द गर्दा भाइरसको आर अथवा प्रजनन संख्यामा प्रभाव पर्दछ, जसलाई बिस्तारै कम ल्याइनेछ।
डिसेम्बर २२ को सेजको माइनेटमा, वैज्ञानिक सल्लाहार भने, प्राथमिक विद्यालयहरु भन्दा माध्यमिक विद्यालयहरु बन्द रहँदा धेरै प्रभाव पर्दछ।
शिक्षा सचिव, गेभिन विलियमसनले सेजको सुरुवाती प्रमाण अनुसार नर्सरी कक्षाहरु बन्द हुनुभन्दा प्राथमिक विद्यालय बन्द हुँदा धेरै प्रभाव पर्ने गर्दछ। तर दीर्घकालीन प्रश्न यो रहेको छ कि कति लामो समयसम्म विद्यालय बन्द रहन सक्छन् र ती पुन : सुचारु हुँदा के हुन्छ?
ओएनएस विद्यालयको एक सर्वेक्षणका मूख्य अनुसन्धानकर्ता र पब्लिक हेल्थ इंग्ल्याण्डका सल्लाहकार समेत रहेका डा. शामेज लधानीले भने, 'खुला समुदायमा संक्रमण कम गर्नु नै विद्यालयहरुलाई खुला तथा सुरक्षित गर्ने उचित उपाय हो,' उनी थप्छन्, 'विद्यालय बन्द गर्नुले संक्रमण रोकथाममा केवल अस्थायी प्रभाव मात्र पार्दछ।'
तर, सेजले निती निर्माताहरुद्वारा विद्यालयहरुलाई बन्द गर्नुको फाइदा तथा हानीलाई तौलनु पनि आवश्यक छ। यस्तै कर्मचारीहरुमाथि पर्ने प्रत्यक्ष स्वास्थ्यका जोखिम तथा बालबालिकाको मानसिक स्वास्थ्य, शिक्षा, विकास र हितमा पर्ने नकरात्मक असरलाई न्यूनिकरण गर्ने विषयलाई पनि घटाउदै लैजानु पर्दछ।
धेरै विज्ञहरु यो एक कठिन सन्तुलन कार्य भएको तथा समुदायमा बन्द हुने अन्तिम क्षेत्रमा विद्यालय पर्नुपर्ने र पुन : सुचारु गर्ने पहिलो क्षेत्र पनि विद्यालय हुनुपर्नेमा सहमत छन्।
हामीलाई हाउसहोल्ड ट्रान्समिसनबारे के थाहा छ?
सेजका एक सदस्य, प्रोफेसर तथा विज्ञ सर मार्क वालपोटले भने अनुसार घरमा संक्रमण ल्याउन अन्य परिवारका सदस्य भन्दा किशोर किशोरीहरुको भूमिका सात गुणा धेरै हुन्छ।
यो तथ्यांक युननिभर्सिटी अफ म्यान्चेष्टर एनालाईसिस अफ होम ट्रान्समिशन रिस्कबाट प्राप्त भएको हो। जसमा १७ वर्ष माथिका किशोर किशोरीहरु भन्दा १६ वर्ष भन्दा कमका किशोर किशोरीहरु पहिलो संक्रमित बन्ने सम्भावना बढि छ। तथ्यांकले १७ वर्ष भन्दा माथि रहेका परिवारका सदस्यभन्दा दुईदेखि १६ वर्षका बालबालिकामा परिवारभित्र संक्रमण सार्न सक्ने दोब्बर क्षमता हुने पनि देखाउँछ।
यी तथ्यांक नै विद्यालयका ढोका बन्द गर्ने मूख्य कारक हुन सक्छन् र सोमबार बेलुकी प्रधानमन्त्रीले भने, 'विद्यालयले घरपरिवारबिच संक्रमण सार्ने भेक्टरका रुपमा कार्य गर्न सक्छ।'
नयाँ प्रकारको संक्रमण के हो?
नयाँ तथ्यांकका अनुसार नयाँ प्रकारको संक्रमण बालबालिका लगायत सबै उमेर समूहमा तिव्र रुपमा फैलिरहेको छ र यो पहिलेको संक्रमणभन्दा बढि र छिटो सर्न सक्दछ। वैज्ञानिकहरुले यस विषयमा तत्काल अध्ययन गर्दैछन्।
शिक्षकहरुलाई के जोखिम छ?
नेशनल स्टाटिस्टिक्स अफिसको अनुसन्धानले महामारीको समयमा घरबाहिर काम गर्ने अन्य पेशाका व्यक्तिहरुभन्दा शिक्षकहरु उच्च जोखिममा नरहेको बताउँछ।
तर, यो तथ्यांक अक्टोबरसम्मको रहेको छ र यसमा नयाँ प्रकारको संक्रमण पर्दैन जसले विद्यालय तथा अन्य स्थलहरुमा संक्रमण सर्ने प्रभाव पार्न सक्दछ।
(बीबीसीबाट अनुवादित)