फाइजर भ्याक्सिन लगाएको १६ दिनपछि डाक्टरको मृत्यु, भ्यााक्सिन लगाएपछि रगतमा खरावी

Jan 11, 2021 02:32 PM Merolagani



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासबाट बच्नका लागि कयौँ देशहरुमा भ्याक्सिनेशन अभियान जारी रहेको छ । यसैबीच अमेरिकामा कोरोना भ्याक्सिन लगाएपछि एक डाक्टरको मृत्यु भएको बताइएको छ । 

अमेरिकाको मियामी शहरमा ५६ वर्षीय ग्रेगरी माइकलले फाइजरको कोरोना भ्याक्सिन लगाएको १६ दिनपछि मृत्यु भएको हो । डाक्टर ग्रेगरीकी श्रीमती हेइदी नेकेलमानले भनिन्, १८ डिसेम्बरमा उनका श्रीमानलाई कोरोना भ्याक्सिन लगाउनुभन्दा पहिले उनी पूर्ण रुपमा स्वस्थ थिए ।

डाक्टर ग्रेगरीको अचानक रोग प्रतिरोधक क्षमतासँग सम्बन्धित दुर्लभ रोग भएपछि हृदयघातका कारण मृत्यु भयो ।

डाक्टर ग्रेगरीकी श्रीमतीले फाइजरको कोरोना भ्याक्सिनले कतै न कतै उक्त रोग सिर्जना गराएको बताएकी छन् । उनले भनिन्, मलाई लाग्छ डाक्टर ग्रेगरीको मृत्युको सीधा सम्बन्ध भ्याक्सिनसँग रहेको छ । यसको कुनै अरु कारण हुन सक्दैन । भ्याक्सिन लगाइएपछि मेरा श्रीमानको रगतमा रहस्यमय गडबडी आएको थियो । भ्याक्सिन लगाउनु अघि उनी पूर्ण रुपमा स्वस्थ थिए ।

अमेरिकी उक्त मृत्युमा फाइजर कम्पनीले आफ्नो स्पष्टीकरण दिएको छ । फाइजर कम्पनीका अनुसार, डाक्टर ग्रेगरीको असामान्य तरिकाबाट मृत्यु भएको जानकारी छ र उसले यसको अधिक जाँच गरिरहेको छ ।

यद्यपी कम्पनीका प्रवक्ताले भने, यो समय हामी भ्याक्सिनको डाक्टर ग्रेगरीको मृत्युसँग कुनै सिधा सम्बन्ध छ भन्ने मान्दैनौ । एजेन्सीको सहयोगमा 




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।