कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई भएपछि स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण, बीमितको विवरण नमिल्दा भेरिफिकेशनमा समस्या

Jan 11, 2021 04:03 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमितको विवरण नमिल्दा भेरिफिकेशनमा समस्या भएको जनाएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भएपछि मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बीमितको विवरण नमिल्दा भेरिफिकेशनमा समस्या भएको जनाएको हो ।

कोरोना बीमा दाबीका लागि पेश भएका विवरणहरु भेरिफिकेशन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना र पिसिआर नतिजा रिर्पोट मिति जस्ता न्यूनतम विवरण अपुर्ण भएको र कतिपय व्यक्तिहरुको विवरणहरु मन्त्रालयमा रहेको तथ्यांकसँग रुजु गर्दा भेटाउन नसकिएको मन्त्रालयले जनाएको छ । 

बीमितहरुले भेरिफिकेशनको अवस्थाको जानकारी सम्बन्धित बीमा कम्पनीबाट लिन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, बीमितहरुले पिसिआर परीक्षणका लागि व्यक्तिगत विवरणहरु दिदा बीमा गर्दाको विवरण स्प्रष्टसँग दिन मन्त्रालयले आग्रह गरेको छ ।

साथै प्रयोगशालाहरुले परीक्षण नतिजा दिदा वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा दैनिक प्रतिबेदन पेश गरेको मिति अनुसार वास्तविक नतिजा प्रदान गर्न परीक्षण ल्यावलाई पनि अनुरोध गरेको छ ।

मन्त्रालयले बीमा समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड अनुसार समितिबाट प्राप्त भएका बीमितहरुको विवरणहरु भेरिफिकेशन गर्ने कार्य भइरहेकाे मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार ३९२ जनाको भेरिफिकेशन सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ ।

निजी ल्यावमा परीक्षण भएको कोरोना बीमा दाबीको विवरण स्वाथ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भेरिफिकेशन गर्ने पर्ने प्रावधान छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कोरोना बीमा दाबीका फाइलहरु रोकिदा दाबी भुक्तानीमा ढिलाई भइरहेकाेबारे मेराे लगानीले यस अघि समाचार प्रकाशित गरेकाे थियाे । 

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।