२४ घण्टामा ४८८ जनामा कोराेना भाइरस पुष्टि,आइतबारभन्दा सोमबार संक्रमितको संख्या २१९ बढी

Jan 11, 2021 05:14 PM Merolagani



पछिल्लो २४ घण्टामा पाँच हजार ३०९ पीसीआर परीक्षणमध्ये ४८८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या दुई लाख ६५ हजार २६८ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा सोमबार संक्रमितको संख्या २१९ जनाले बढी हो । आइतबार २६९ जनामा संक्रमण पाइएको थियो ।

सोमबार काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका २३० जना, ललितपुरका ६९ जना र भक्तपुरका १५ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५२७ जना कोरोना मुक्त भएका छन् भने हालसम्म कुल दुई लाख ५८ हजार ९६८ जनाले संक्रमण जितिसकेका छन् । देशमा हाल क्वारेन्टिनमा २३७ जना छन् भने संस्थागत आइसोलेसनमा तीन हजार १४३ जना रहेका छन् । मुलुकमा हालसम्म कुल १९ लाख ८७ हजार ५५५ पिसीआर परीक्षण भएको छ ।

मन्त्रालयको नियमित विवरणमा एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० जना रहेको छ । यसरी अहिलेसम्म कुल एक हजार ९२७ जना संक्रमितले देशभरमा ज्यान गुमाइसकेका छन् ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।