कृषिमा विदेशी लगानीबारे नीति बनाउदा आफुहरुलाई सहभागी गराउनु पर्ने निजी व्यवसयीहरुको माग

Jan 11, 2021 06:42 PM Merolagani



कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले ध्यानकर्षण भएको जनाएका छन् । सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै तीनवटै संगठनले विदेशी लगानी सम्बन्धि नीति नियम, निर्देशिका, कार्यविधि बनाउँदा वा शंसोधन गर्दा निजी क्षेत्रसँग छलफल गरेर मात्रै लागू गर्न जोड दिएका हुन् ।

२०७५ चैतमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पुर्णतः बन्देज गरेको सन्दर्भमा मन्त्रीपरिषदको निर्णयबाट आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्ने पशुपंन्छीपालन, माछापालन, मौरीपालन, फलफुल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने गरी भएको व्यवस्थाको यससँग सम्बन्धित उद्यमीहरुले बिरोध गरिरहेका छन् ।

नेपाल सरकारले पुस २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्था र त्यसको विरोधमा विभिन्न कृषि उधमसँग सम्बन्धीत संस्थाहरुले विरोध गर्दै आइरहेका हुन् ।

त्यस सम्बन्धमा महासंघ, परिसंघ र चेम्बरले यससँग सरोकारवाला निकायसँग छलफल गरी कृषिमा विदेशी लगानीबारे सुझाव सरकारसँग पेश गर्ने निर्णय गरेको छ ।

तीनवटै संगठनले विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको सन्दर्भमा उक्त लगानीलाई प्रवद्र्धन गर्न सरकारले जनाएका विगतका प्रतिवद्धता पुरा गर्नु आवश्यक रहेको औल्याउँदै यससँग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउदा वा कुनै शंसोधन गर्दा निजी क्षेत्रसँग अनिवार्य रुपमा आफुहरुसँग छलफल गर्नुपर्ने जनाएका छन् ।

यस्तै विदेशी लगानी खुला गर्दा भित्रिने प्रविधि, यसले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेरमात्र निर्णय गर्नु आवश्यक हुने उनीहरुको भनाई छ । त्यसैले उच्चतम प्रविधि भित्राउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेरमात्र कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यावन्यनमा लगिनु पर्ने उनीहरुको माग छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।