पिटर लिन्चको शेयर बजारमा लगानी सम्बन्धी ९ टिप्स, जसलाई तपाईले बेवास्ता गर्न हुदैन

Jan 12, 2021 06:49 PM Merolagani

सन् १९८० को दशकमा सबैभन्दा प्रसिद्ध र सबैभन्दा सफल म्यूचुअल फण्डमध्ये एउटा फिडेलिटी मेगेलन फण्ड थियो र यसलाई पिटर लिन्चद्वारा प्रतिपादित गरिएको थियो, जो हालसम्मका सबैभन्दा सफल लगानीकर्तामध्येका एक हुन्। 

 

लिन्च कति सफल थिए? वास्तवमा, १९७७ देखि १९९० सम्म मेगेलन फण्डको खुद सम्पत्तिको मूल्य वार्षिक करिब २९ प्रतिशत बढ्यो। यो एसएण्डपी ५०० इण्डेक्स फण्डको वृद्धिदरको करिब दुई गुणा हो।

कुनै पनि लगानीकर्ताका लागि एकै वर्षमा २९ प्रतिशतको फाइदा प्राप्त गर्नु कठिन छ र कयौँ वर्षमा शायद नै कहिल्यै यस्तो होला। भाग्यवश, लिन्चले आफ्नो लगानीप्रतिको धारणालाई आफूमा मात्र सीमित राखेनन्। उनले राम्रोको सूचीमा राखिने खालका किताब लेखेका छन्, जसमध्ये कयौलाई क्लासिक मानिन्छ। जसमा वान अप अन वाल स्ट्रीट, बिटिङ द स्ट्रीट र लर्न टू अर्न (सह–लेखक जोन रोथचाइल्डका साथ) रहेका छन्। यदि तपाई पनि एक वा एक भन्दा बढी पुस्तक पढ्नुहुन्छ भने तपाई पनि एक चलाख, समझदार लगानीकर्ताका रुपमा उदयमान हुन सक्नुहुन्छ। तर तपाईले लिन्चका ९ पाठबाट केही सिकेर पनि लगानी शुरु गर्न सक्नुहुन्छ।

१.शेयर बजारमा सबैभन्दा महत्वपूर्ण अंग पेट हो, दिमाग होइनः

शेयर बजारको पछिल्लो केही महिनाको अस्थिरताले स्पष्ट पारिदिएको छ कि, पिटर लिन्चले उक्त उद्धरणमा के भनेका थिए। जो मानिस अस्थिरताको अपेक्षा गर्दैनन् र यसलाई सम्हाल्न सक्दैनन्, उनीहरुले पैसा बनाउनका लागि कहीँ अन्तै हेर्नुपर्नेछ। यद्यपी, त्यहाँ केही यस्ता स्थानहरु छन्, जहाँ तपाई लामो समयसम्म स्टकमा प्रभावकारी रुपमा सम्पत्ति निर्माण गर्न सक्नुहुन्छ। लिन्च भन्छन्, 'तपाईले हरेक दिन ऐनामा हेरेर भन्नुपर्छः यदि बजार १० प्रतिशत भन्दा तल जान्न भने मैले के गर्नुपर्छ? यदि त्यो २० प्रतिशतभन्दा तल जान्छ भने म के गरु? के म बिक्री गर्दैछुँ? के म बजारबाट बाहिरिदैछुँ? यदि तपाईको त्यो उत्तर हो भने आजका लागि तपाईले आफ्नो शेयर होल्डिङ कम गर्ने बारे विचार गर्नुपर्नेछ।

यसैगरी भावना एउटा वास्तविक प्रदर्शनको हत्यारा हुनसक्छ, यदि बजारले तपाईलाई अत्याएर बेच्न बाध्य बनाउँछ वा बजारमा देखिएको उछालले तपाईलाई लालच देखाएको छ भने यसले ओभरभ्यालूड शेयरलाई काटिरहेको छ। उत्कृष्ट लगानीकर्ताहरुले यसको विपरीत गर्नेछन्। जस्तो कि वारेन वफेटले भनेका छन्, 'जब अरु लालची हुन्छन् तब तपाई डराउनु र अरु डराएको बेलामा लालची हुनु नै सबैभन्दा राम्रो हुन्छ।'

२.तपाईले जे बुझ्नुुहुन्छ त्यो किन्नुहोस्

केबल ती कम्पनीहरुको स्टकमा लगानी गर्नु महत्वपूर्ण हुन्छ, जसलाई तपाईले बुझ्नुहुन्छ र केही कम्पनीहरु अरु भन्दा बुझ्न सजिलो छ। यो बुझ्नका लागि पर्याप्त छ। उदाहरणका लागि, एउटा कुनै कम्पनीले क्यान्सरको औषधी बनाउँछ भने यसमा तपाईले यो बुझ्न जरुरी छ कि, कम्पनीको बजारमा कुन औषधी छ? र कति राम्रोसँग बिकिरहेको छ? कुन कुन औषधी यो कम्पनीको पाइपलाइनमा छन्? र त्यो अब बजारको कति नजिक छ? यसका साथै तपाईले बजारमा प्रतिस्पर्धी औषधी र पाइपलाइनमा रहेका औषधीहरुका बारेमा पनि जान्न जरुरी हुन्छ।

सोडा, क्यान्डी वा जुत्ता बनाउने र बेच्ने कम्पनीहरु सरल हुन्छन्। ती कम्पनीहरु र उद्योगहरुसँग तपाई अधिक परिचित हुनुपर्छ, जसमा तपाई लगानी गर्न चाहनुहुन्छ। लिन्चले भनेका छन् कि, 'यदि तपाई कुनै कम्पनीमा लगानी गर्न तयारी गरिरहनुभएको छ भने तपाईले त्यस्तो कारण सजिलो भाषामा दिन सक्नुपर्छ, त्यो पनि पाचौँ कक्षामा पढ्नेले पनि सजिलै र छिट्टै बुझोस्, त्यो पनि दिक्क नमानी।'

३.डराउन हुदैन

शेयर लगानी गर्दा तपाई डराउनु स्वभाविक हाे। खासमा यसमा केही गणित शामिल रहेको छ। तर अधिकांश गणित जटिल छैन। उदाहरणका लागि, एक मात्र अनुपातः स्टकको हालको बजार मूल्यलाई वार्षिक प्रतिशेयर आम्दानीले भाग गरेर मूल्य आम्दानी अनुपात निकालिन्छ। लाभांश प्रतिफल सामान्यतया वार्षिक लाभांश (जुन प्रायः चार त्रैमासको वितरणयोग्य मूल्य हुने गर्दछ) हो, जुन आफ्नो वर्तमान शेयर मूल्यबाट विभाजित हुन्छ। जस्तो, लिन्चले भनेका छन्, 'हरेक व्यक्तिसँग शेयर बजारलाई अनुशरण गर्ने मस्तिष्क क्षमता छ। यदि तपाईले यसलाई पाँच कक्षाको गणितको माध्यमबाट बनाउनु भयो भने, तपाईले गर्न सक्नुहुन्छ।'

४. अनुसन्धान गर्नुहोस्

कतिपय मानिसहरु आफ्ना साथीभाई वा चिनेजानेका मानिसहरुले भनेको भरमा, कुनै लेखमा उनीहरुका बारेमा केबल केही पढेको भरमा कुनै कम्पनीको शेयर किन्ने गर्छन्। उत्कृष्ट परिणामका लागि तपाईले लगानी गर्न लागेको कम्पनीको वित्तीय विवरणमा राम्रोसँग ध्यान पुर्याउन जरुरी हुन्छ, ताकि त्यसबाट उसँग कति नगद र ऋण छ, उसले कति नाफा कमाइरहेको छ, यस्तै, आम्दानी कति बढिरहेको छ र उसको समग्र वित्तीय अवस्था कस्तो छ भन्ने जान्न सकियोस्।

राम्रा कम्पनीहरुको धेरै विचारहरु संकलन गर्नुहोस् र त्यसको अध्ययन गर्नुहोस् ता कि, वास्तवमा तपाईका लागि कुन आशाजनक र राम्रो छ भन्ने थाहा पाउन सकियोस्। लिन्च भन्छन्, 'जो व्यक्तिले अधिक चट्टान पल्टाउँछ, उसले नै खेल जित्छ र यो सधैँ मेरो दर्शन रहेको छ।' उनले यो पनि भनेका छन् कि, कुनै पनि कम्पनीको आम्दानीको सम्भावना, वित्तीय अवस्था, प्रतिस्पर्धाको अवस्था, विस्तारको योजना र त्यसपछिको योजनाका बारेमा गृहकार्य गरे बिना कुनै पनि कम्पनीमा लगानी नगर्नुहोस्।

५. बुझ्नुहोस् त्यहाँ ग्रे एरिया छ

लिन्चले भनेका छन्, 'स्टकमा लगानी गर्नु एउटा कला हो, न कि विज्ञान। यद्यपी, जो मानिसहरुलाई हरेक चीजको मात्रा निर्धारित गर्नका लागि प्रशिक्षित गरिएको छ, उनीहरुका लागि यो ठूलो घाटाको क्षेत्र हुनसक्छ। लगानी केबल संख्या र गणितमा मात्र सीमित छैन। उदाहरणका लागि, एक क्लासिक विपत्तिको कथाः लङ टर्म क्यापिटल म्यानेजमेन्ट हेज फण्ड कयौँ नोबेल पुरस्कार विजेताहरुद्वारा सञ्चालन गरिएको थियो। तरपनि यो सन् १९९८ मा फसेको थियो र कयौँ अर्ब डलर जमानत समेत तिर्नुपरेको थियो।

व्यक्तिगत स्टकमा लगानी गर्दा कम्पनीहरुले कस्तो प्रदर्शन गर्दछन् भन्ने कुरा अनुमान लगाउनु शामिल रहेको छ र जब कयौँ स्मार्ट र प्रतिभाशाली मानिसहरु एकै कम्पनीको अध्ययन गर्छन्, तब उनीहरु अलग–अलग अनुमान र दृष्टिकोणका साथ आउने गर्दछन्। यसका लागि कार कम्पनी टेस्ला एउटा राम्रो उदाहरण हुनसक्छ, किनकि उसँग समर्थक र अरोधक दुवै छन् र यसका बाबजुद कम्पनीले पछिल्लो समय सर्वाेत्कृष्ट प्रदर्शन गरिरहेको छ।

६. स्पष्ट रुपमा पछाडि हेर्नुहोस्

लिन्चको अर्काे भनाई होः सुनको बारेमा। गोल्ड रशको बेलामा धेरै लगानीकर्ताहरुले पैसा डुबाए, तर जस्ले बेचे लेभी स्ट्रउस जस्ता कम्पनीहरुबाट राम्रो नाफा कमाए। आज तपाई त्यस्ता कम्पनी, जो इन्टरनेट ट्राफिकबाट अप्रत्यक्ष फाइदा उठाइरहेका इन्टरनेटसँग असम्बन्धित कम्पनीहरु जस्तैः प्याकेज डेलिभरीका कम्पनीहरु अथवा इन्टरनेट ट्राफिक चलायमान बनाइराख्ने स्वीच वा गिज्मोसका निर्माता कम्पनीहरुमा लगानी गर्न सक्नुहुन्छ।

स्पष्ट रुपमा आशजनक स्टक विचारहरुलाई देख्न सजिलो रहेको छ, तर कयौँ अन्य मानिसहरुले प्रायः त्यस्ता कम्पनीमा ध्यान दिएका छन्, जसमा उनीहरुको शेयर बढ्ने गर्छ। यद्यपी त्यस्ता कम्पनीहरुलाई समर्थन गर्नका लागि त्यहाँ अन्य कयौँ कम्पनीहरु छाँयामा बसेर काम गरिरहेका हुन्छन्। उदाहरणका लागि, एप्पल कम्पनी उत्कृष्ट रुपमा सफल भइरहेको छ, तर यो एक्लै सफल भइरहेको छैन, यसको हार्डवयरका लागि कयौँ आपूर्तिकर्ता रहेका छन्। जस्तैः यूनिभर्सल डिस्प्ले। यदि तपाई ई–कमर्शमा बुलिश हुनुहुन्छ भने तपाईले फेडेक्स र यूपीएल जस्ता कम्पनीहरु लगायत कयौँ खुद्रा विक्रेताहरुलाई डेलिभरी गर्न सक्ने कम्पनीहरु हेर्न सक्नुहुन्छ।

७) म्युचुअल फण्डलाई ध्यान दिनुहोस्

तपाईलाई लाग्न सक्छ कि कम्पनीहरुको अध्ययन मात्र गरे कहिले लगानी गर्नु सक्नु? अहिले कम्पनीहरुको विस्तृत अध्ययनका लागि तपाईसँग पर्याप्त समय, रुची अथवा सीप नहुन सक्छ।

ठिकै छ, किनभने त्यसको बलियो विकल्प छः म्युचुअल फण्ड। याद राख्नुहोस्, मेगेलन एक म्युचुअल फण्ड नै हो, जसले वार्षिक २९ प्रतिशत प्रतिफल दिएको थियो। यद्यपि, यो याद राख्नुहोस् कि यस्तो राम्रो रेकर्ड निकै दुर्लभ छ र यस्तो हुनुभन्दा पहिला पत्ता लगाउन असम्भव थियो। हामीमध्ये अधिकांशका लागि एसएण्डपी ५०० मा आधारित यो सम्भवतः कम शुल्क, व्यापक मार्केट इण्डेक्स फण्ड हुनसक्छ। त्यसले वास्तवमै लामो अवधिदेखि सञ्चालनमा रहेका अन्य स्टक म्युचुअल फण्डहरुभन्दा राम्रो प्रदर्शन गरेका थिए। लिन्च भन्छन्, ‘इक्विटी म्युचुअल फण्डहरु ति व्यक्तिहरुका लागि सही समाधान हो जसले आफुले कुनै अध्ययन नगरी शेयरधनी हुन चाहन्छन्।’

८) घाटाको अपेक्षा गर्नुहोस्

लगानी गर्दा घाटा हुने अपेक्षा गर्नु पनि महत्वपूर्ण छ। तपाई जति नै राम्रो अथवा नराम्रो लगानीकर्ता भएपनि घाटा हुन्छ नै, चाहे तपाई व्यक्तिगत स्टक, म्युचुअल फण्डको स्टक होस् या इण्डेक्स फण्ड। लिन्चले जस्तै वारेन बफेटले पनि केही पश्चातपपूर्ण निर्णयहरु गरेका थिए। लिन्च भन्छन्, ‘यो व्यवसायमा, यदि तपाई राम्रो हुनुहुन्छ भने, तपाई १० मध्ये ६ पटक सही हुनुहुन्छ। तपाई कहिले पनि १० मा ९ पटक सहि हुन सक्नुहुन्न।’

९) धैर्यवान् हुनुहोस्

अन्त्यमा, धैर्यवान हुनुहोस्, किनभने स्टक मार्केटबाट धेरैजसो ठूलो धन दशकहरुमा निर्मित हुन्छ। यो बफेट र लिन्चजस्ता धनी तथा प्रसिद्ध लगानीकर्ता र लगानीबाटै धनी भएका व्यक्तिहरुको भनाइ हो। पिटर लिन्च भन्छन्, ‘तपाईसँग राम्रा कम्पनीहरुको शेयर छ भने समय सँधै तपाईको पक्षमा हुनेछ।’

को हुन् पीटर लिन्च?

पीटर लिन्च अहिलेका सबैभन्दा सफल र प्रसिद्ध लगानीकर्तामध्ये एक हुन्। लिन्च प्रमुख लगानी ब्रोकरेज फिडेलिटीमा म्यागेलन फण्डका महान पूर्व प्रबन्धक हुन्। उनले सन् १९७७ मा ३३ वर्षको उमेरमा फण्ड सम्हाले र त्यसलाई १३ वर्षसम्म चलाए। उनको सफलताले उनलाई १९९० मा मात्र ४६ वर्षको उमेरमा रिटायर हुन योग्य बनायो। उनको लगानी शैलीलाई त्यो समयको प्रचलित आर्थिक परिवेश अनुकुल बताइएको छ, तर लिन्च सँधै आफुसँग के छ? भन्ने बुझ्न सक्षम हुनुपर्ने कुरामा जोड दिन्छन्।

लिन्चको लगानी करियर

लिन्चको पहिलो सफल लगानी फ्लाइङ्ग टाइगर नामक एक एयर फ्रेट कम्पनीमा थियो जसले उनलाई ग्रेजुएट स्कुलको पैसा भुक्तानी गर्न मद्दत गर्यो। उनले १९६८ मा पेन्सिल्वेनिया विश्वविद्यालयको व्हार्टन स्कुल अफ बिजनेसबाट एमबिए गरेका छन्। उनले १९६७ देखि १९६९ सम्म आर्मी भएर सेवा दिए।

२५ वर्षको उमेरमा, लिन्चले पहिलो पटक फिडेलिटीमा टेक्सटाइल एण्ड मेटल एनालाइस्टको रुपमा जागिर पाए। सन् १९७७ मा लिन्चले मेगेलन फण्ड सम्हाल्न पुगे। मेगेलन फण्ड सन् १९६३ मा स्थापना भएको सानो तर आक्रामक क्यापिटल एप्रिसिएशन फण्ड हो, जसमा अधिकांश घरेलु लगानी थियो। लिन्चले फण्ड सम्हालेको पहिलो दिन १ हजार डलर लगानी गरेका लगानीकर्ताले उनले छोडेका दिन २८ हजार डलर हुन्थ्यो। उनको व्यवस्थापनमा सो फण्डले वार्षिक २९ प्रतिशत औषत प्रतिफल दिएको थियो।

 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।