Mon, Dec 29, 2025
मंगलबार देशभरमा भएको पाँच हजार ३०० नमुना परीक्षणमध्ये ४३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। पुष्टि हुनेहरुमा १७७ जना महिला र २५३ जना पुरुषहरु रहेका छन् । उक्त संख्यासहित नेपालमा संक्रमितको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ ।
२४ घण्टामा पाँच जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने ३९० जनाले संक्रमण जितेका छन् । हालसम्म देशमा कुल एक हजार ९३२ जनाको संक्रमणका कारण ज्यान गएको छ । यस्तै संक्रमण जित्नेहरुको कुल संख्या दुई लाख ५९ हजार ३५८ रहेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।