Thu, Mar 26, 2026
मंगलबार देशभरमा भएको पाँच हजार ३०० नमुना परीक्षणमध्ये ४३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। पुष्टि हुनेहरुमा १७७ जना महिला र २५३ जना पुरुषहरु रहेका छन् । उक्त संख्यासहित नेपालमा संक्रमितको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ ।
२४ घण्टामा पाँच जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने ३९० जनाले संक्रमण जितेका छन् । हालसम्म देशमा कुल एक हजार ९३२ जनाको संक्रमणका कारण ज्यान गएको छ । यस्तै संक्रमण जित्नेहरुको कुल संख्या दुई लाख ५९ हजार ३५८ रहेको छ ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।