आईपीओकाे आवेदनमा रेकर्ड ब्रेक,चन्द्रागिरी हिल्समा साढे १७ गुणा बढी आवेदन

Jan 12, 2021 05:37 PM Merolagani



आईपीओमा आवेदन गर्नेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।चन्द्रागिरी हिल्स लिमिटेडको  आईपीओमा हाल सम्मकै सबै भन्दा धेरै १२ लाख ५१ हजार १० जनाको आवेदन परेर नयाँ रेकर्ड कायम भएकाे हाे ।

कम्पनीको आईपीओमा आवेदन गर्नेको संख्या अझै बढ्न सक्ने बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएकाे छ । सबै आवेदनहरु अझै प्राप्त नभएकोले यो संख्या अझ थप हुन सक्ने छ । 

यस अघि प्रभु इन्स्योरेन्सको आईपीओमा १० लाख ४९ हजार जनाले आवेदन गरेका थिए। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार मंगलबार सम्ममा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर माग भएको छ । कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० जना आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएकाे छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १७.५३ गुणा बढी हो ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढि आवेदन परिसकेकोले धितोपत्र निष्काशन तथा वाँडफाँड नियमावली अनुसार शेयर बाँडफाँड हुनेछ । गोलाप्रथाबाट न्युनतम १० कित्ता शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

 

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।