आठ वाणिज्य बैंकसहित ३१ कम्पनीको साधारणसभा आज

Jan 13, 2021 10:31 AM Merolagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन अर्थात पुस २९ गते आठवटा वाणिज्य बैंकसहित ३१ वटा कम्पनीले साधारणसभा गर्दैछन्। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका ३१ कम्पनीले एकैदिन सभा आह्वान गरेका हुन्।

आठ वाणिज्य बैंक, दुई विकास बैंक, ८ लघुवित्त, सात फाइनान्स, दुई हाइड्रोपावर कम्पनी सहित हिमालयन डिस्टिलरी पुनर्बीमा कम्पनी, सोल्टी होटल र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले आज सभा बोलाएका हुन्। 

सूचीकृत कम्पनीहरुले कम्पनी रजिस्ट्रारको कार्यालायकाे जरीवानाबाट बच्न र नियामकको नजरमा संस्थापक सुशासन भएको देखाउन दोस्रो त्रैमास अर्थात् पुस मसान्तभित्रै साधारणसभा सक्नुपर्ने हुन्छ। यसैकारण धेरै कम्पनीले अन्तिम दिन सभा गर्न लागेका हुन्।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।