सरकारी जागिरमा सुवर्ण अवसर, लोकसेवा आयोगले माग्यो भारी मात्रामा आवेदन

Jan 13, 2021 04:40 PM Merolagani



नेपाल सरकार अन्तर्गतको लोकसेवा आयोगले राजपत्र अंकित प्रथम श्रेणीकालागि एकैपटक ४१२ जना कर्मचारीको माग गरेको छ। आयोगले नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो । आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायलकालागि कर्मचारी माग गरेको हो ।

लोक सेवा आयोगले धनकुटा कार्यालयकालागि कुल ४७ जना कर्मचारीको माग गरेको छ । जसअन्तर्गत न्याय तथा प्रशाषनकालागि खुलातर्फ २७ जना, महिलातर्फ सात जना, आदिवासी जनजातितर्फ ६ जना, मधेसीतर्फ पाँच जना, दलिततर्फ एक जना र पिछडिएको क्षेत्रतर्फ एक जनाको माग गरिएको हो ।

यस्तै जलेश्वर कार्यालयकालागि आयोगले जम्मा ४९ जना कर्मचारीको दरखास्तको आह्वान गरेको छ । जसमा न्याय तथा प्रशाषन सेवाकालागि खुलामा २८ जना, महिलामा आठ जना, आदिवासी जनजातिकालागि सात जना, मधेसीमा तीन जना, दलित एक जना, अपाङ्ग एक जना र पिछडिएको क्षेत्रकालागि एक जना मागिएको हो ।

काठमाडौंस्थित लोक सेवा आयोगको कार्यालयमा न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संघीय संसद समूहकालागि भने कुल १५१ जना कर्मचारीकालागि माग गरिएको छ । तीमध्ये खुलातर्फ ८४ जना, महिलातर्फ २३ जना, आदिवासी वा जनजातिबाट २० जना, मधेसीबाट १४ जना, दलिततर्फ पाँच जना, अपाङ्ग दुई जना र पिछडिएका क्षेत्रबाट तीन जनाकालागि आवेदन दिन सकिनेछ ।

त्यस्तै पोखराको कार्यालयमा पनि खुला, महिला, आदिवासी वा जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रबाट न्याय, सामान्य प्रशाषन, लेखा तथा राजश्व समुहकालागि कुल ५२ पद संख्या माग गरिएको छ ।

बुटवलमा समेत सोहि सेवाकालागि न्याय, सरकारी वकिल, सामान्य प्रशाषन, लेखा, राजस्व समूहमा ५३ जनाकालागि दरखास्ता दिन सकिनेछ । यसैगरी लोक सेवा आयोगले सुर्खेतको कार्यालयमा सोहि पदहरुकालागि २३ जना दरखास्त आह्वान गरेको छ ।

दिपायलस्थित लोक सेवा आयोगमा पनि उक्त पद तथा सेवाकालागि ३७ जनाको माग गरिएको हो ।
यी पदमा आवेदन दिनकालागि न्यूनतम प्रवीणता प्रमाणपत्र वा २ उत्तीर्ण गरेको हुनुपर्छ । आवेदन दिने उम्मेदवारको उमेर १८ वर्षदेखि ३५ वर्षसम्म र महिला तथा अपाङ्गकालागि ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

परिक्षाकालागि आवेदन दिने अन्तिम मिती २०७७ माघ २० गतेसम्म हुने जानकारी आयोगले दिएको छ । दोब्बर दस्तुर तिरेमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । परिक्षाको मिती पछि प्रकाशन हुनेछ भने परीक्षा केन्द्र केन्द्रिय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरुमा हुने भएको छ ।

आवेदकहरुले दस्तुर बुझाउनकालागि आयोगको अनलाईन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिन सकिनेछ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।