एनआरएन इन्फ्रास्टक्चरले ठुलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने

Jan 15, 2021 12:51 PM Merolagani

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी (NRN) ले ठुलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको माघ १ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले संयुक्त उर्जा प्रा. लि द्वारा प्रर्बद्धित म्याग्दी स्थित ठुलो खोला जलविद्युत आयोजना (२१.३ मे.वा) मा लगानी गर्ने निर्णय गरेको हाे। कम्पनीले उक्त आयोजामा हाललाई बढीमा ५ करोड रुपैयाँसम्म लगानी गर्नेछ।

साथै संयुक्त उर्जा प्रा. लिको सञ्चालक समितिको तर्फबाट आवश्यक प्रकृया पुरा गरेर थप रकम माग गर अनुसार लगानी बढाउदै लाग्ने कम्पनीको तयारी छ।

हाललाई उल्लेखित ५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १ करोड रुपैयाँ लगानी गर्ने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।