कोरोना भाइरसका कारण विदेश घुम्ने स्वात्तै घटे, पाँच महिनामै घुमघाम र उच्च शिक्षामा ११ अर्ब ४२ करोड रकम विदेशियो

Jan 19, 2021 01:06 PM Merolagani

कोरोना भाइरसका कारण विदेश घुम्ने स्वात्तै घटेका छन् । कोरोना भाइरसको संक्रमण फैलिने डर त्रासले विदेश घुम्न जाने सरकारी कर्मचारी, व्यत्तिगत खर्चमा विदेश जाने र उच्च शिक्षा अध्ययनका लागि विदेश जाने पनि घटेपछि मुलुकबाट बाहिरिने रकम समेतमा कमी आएको  हाे।

कोरोना भाइरसको त्रास आउनु अघि विदेशमा घुम्न जाने कर्मचारी,निजी खर्चमा घुम्न जाने व्यक्ति र उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या निकै बढने गरेको थियो । गत वर्ष कोभिडको डर त्रास नभएका कारण विदेश घुम्न जाने व्यक्ति निकै उच्च थिए ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, गत आर्थिक वर्ष साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा नेपालीले विदेशमा ३१ अर्ब ३१ करोड खर्च गरेका थिए । त्यसमध्ये शिक्षातर्फको १४ अर्ब ७० करोड खर्च गरेका थिए ।

तर यो आर्थिक वर्षमा कोरोनाका कारण मानिसहरु घुम्न त के वाहिरसमेत निष्कर्न अष्ठयारो मानिरहेका छन् । यो वर्ष नेपालीहरु विदेशमा त के स्वदेशमा समेत घुमघाममा निस्किएका छैनन् ।

यसले गर्दा नेपालबाट घुमफिरकै लागि विदेशमा खर्च हुने र अध्ययनका लागि बाहिरिने रकममा कमी आएको छ ।

यो आर्थिक वर्षको सुरु अर्थात साउनदेखि मंसिरसम्म पाँच महिनामा कुल ११ अर्ब ४२ करोड मुलुक बाहिर गएको छ । यसमध्ये शिक्षातर्फ ९ अर्ब ७१ करोड खर्च भएको छ ।

कोरोना भाइरसका कारण विदेशमा घुमघाम र अध्ययनका लागि जाने क्रम घटेसँगै मुलुकबाट विदेशीने रकम पनि कमी आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘कोरोना भाइरसको संक्रमणमा कमी आउने वित्तीकै पुनः नेपालीहरु घुमघाम र उच्च शिक्षा आर्जनका लागि विदेशमा जाने क्रम बढने देखिन्छ,’ उनले भने, ‘विदेश जाने क्रम बढेसँगै मुलुकबाट घुमघाम र शिक्षाका नाममा ठूलो रकम मुलुकबाट बाहिरिन्छ ।’

सरकारी कर्मचारी विदेशमा घुम्न जाने ताँतीलाइ रोक्यो काेराेनाले

विगतका वर्षहरुमा विदेशमा घुम्न जाने सरकारी कर्मचारीको ताँती नै लाग्ने गरेको थियो । गत चैतअघिसम्म सरकारी कर्मचारीहरु एकले अर्कोलाई उछिनेर विदेशमा जानका लागि मरिहत्ते नै गर्दथे । तर यो वर्ष कोरोना भाइरसका कारण विदेशमा घुम्न जान सम्भाव भएन । त्यसैले पनि विदेशमा खर्च हुने रकममा कमी आएको हो ।

विगतका वर्षहरुमा दशै र तिहारको विदामा विदेश घुम्न जानेको संख्या अत्याधिक हुने गर्दथे । विगतका वर्षहरुमा कलाकार, बैंक तथा वित्तीय संस्थाका उच्च पदमा रहेका व्यक्ति मात्र चार्डपर्वको बेलामा विदेमा जाने गरेका थिए। त्यसैगरी, उच्च र मध्यमवर्गका व्यक्तिहरु समेत विदाको अवसर पारेर विदेश घुम्न जाने गर्दथे । तर यसपालीकाे दशै र तिहारकाे विदामा कोरोना भाइरसकका कारण ज्यादै थोरै मात्र विदेशमा गएका छन् ।

कोरोना भाइरसको संक्रमण अघि विदेश घुम्न जानेको संख्यामा बृद्धि भएको थियो । खासगरी, त्यसबेला पढन, औषधि उपचार, धार्मिक कार्यका लागि जाने क्रम पनि बढने गरेको थियो । विदेश पढन, घुम्न, औषधि उपचार, धर्म कर्मलगायतका लागि वार्षिक अर्बौ डलर सकिने गर्दथ्यो ।

कोरोना भाइरस संक्रमण अघि विदेशमा जादा सहज रुपमा डलर सटही गर्न नसकिएपछि सोर्स फोर्स लगाउने समेत गरिन्थो । तर अहिले विदेशमा जाने कमी आएका कारण सहज रुपमा नै विदेशी डलर साटन सकिने भएकाे छ।

कोरोना भाइरसको संक्रमण अघि बैंकहरुले डलरको सञ्चिती नभएको भन्दै नेपाली नागरिकलाई धमाधम रित्तो हात फर्किन्थे । त्यसबेला आफ्नो नजिकको व्यक्ति बैंकका को छ भन्दै सोर्स फोर्स लगाएर डलर साटन बाध्य हुने गरेका थिए ।

विदेशमा जानेमा कमी आएपछि डलर सञ्चिति बढ्यो

अमेरिकी डलर कमजोर बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा ११ अर्ब ६५ करोड अमेरिकी डलर सञ्चित रहेकोमा मंसिर मसान्तसम्ममा बढेर १२ अर्ब ५४ करोड पुगेको छ ।

करोना भाइरसको संक्रमण अघि डलरको सञ्चिती कम भएको भन्दै नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई डलर सटहीमा समेत कटौती गरेको थियो । अहिले पनि त्यस्तो कटौतीलाई खुकुलो भने पारेको छैन् । तर काेराेनाले स्वत रूपमा कमी अाएकाे बैंकका कमर्चारीहरू बताउँछन् ।

अन्तर्रािष्ट्रयस्तरमा कम्तीमा ६ महिना वस्तु तथा सेवा आयात धान्न सक्ने रकम सञ्चित हुनुपर्ने मान्यता छ । तर, केन्द्रीय बैंकसँग त्यो मान्यताभन्दा बढीका लागि डलर सञ्चित छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।