सिभिल लघुवित्तको कारोबार फुकुवा, फेरी गल्ती नगर्न नेप्सेको चेतावनी

Jan 18, 2021 02:00 PM Merolagani



नेपाल स्टक एक्सेचेन्ज (नेप्से)ले सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL) को शेयर कारोबार फुकुवा गरेको छ। पुस २८ गतेबाट कारोबार रोक्का रहेको शेयर सोमबार फुकुवा गरेको हो।

कारोबार समयमा लाभांश प्रस्ताव सम्बन्धी सूचना बाहिरीएपछि नेप्सेले स्पष्टिकरण माग गरी कारोबार रोक्का गरेको थियो।

सिभिल लघुवित्तले सचेत रहँदारहँदै पनि वेवसाइटमा अपलोड गर्दा संस्थाको इन्टरनेटमा खराबी भई प्राविधि कारणले पत्र समयमै अपलोड हुन नसकी ढिलो हुन गएको जनाएको छ।

आइन्दा समयमै जानकारी गराउने प्रतिवद्धता समेत संस्थाले जनाएको छ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीको २०७५ को पालन गर्न सचेत गराउदै माघ ५ गतेदेखि कारोबार फुकुवा गरेको हो।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।