शेयर बजारमा दोस्रो त्रैमासको रिपोर्टकाे रिफ्लेक्सन,नाफा गर्ने कम्पनीको मूल्यमा सर्किट

Jan 18, 2021 03:07 PM Merolagani

सुवास निरौला

दोस्रो बजारमा दोस्रो त्रैमासको रिपोर्टको रिफ्लेक्सन देखिन थालेको छ। नाफा गर्ने कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने नाफा नगर्ने कम्पनीलाई बजारले लाल झण्डा देखाउन शुरु गरेको हो। 

माघ महिना लागे सँगै नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुले दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्न थालेका छन्। सोमबार नेप्सेमा सूचीकृत दुई कम्पनीले दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरे। सार्वजनिक गर्ने कम्पनीमा फर्ष्ट माइक्रो फाइनान्स र कामना सेवा विकास बैंक हुन्। अपरिष्कृत वित्तीय विवरण सार्वजनिक कम्पनीमा एकको नाफा बढेको छ भने अर्कोको घटेको छ। कामना सेवा विकास बैकको नाफा १६२ प्रतिशतले बढेको छ भने फर्ष्ट माइक्रो फाइनान्सको नाफा ६.०४ प्रतिशत घटेको छ। यो गत बर्षको सोही अवधिको तुलनामा घटबढ देखिएको हो।

सोमबार दुबै कम्पनीले रिपोर्ट सार्वजनिक गर्दैगर्दा दोस्रो बजारले उक्त कम्पनीहरुको रिपोर्टमा सकारात्मक र नकारात्मक प्रतिक्रिया दिएको छ। सोमबार बजार खुले लगत्तै नाफा गर्ने कम्पनी कामना सेवा विकास बैंकको शेयर मूल्य बढेर सर्किट लाग्यो भने थोरै घाटा भएको रिपोर्ट सार्वजनिक गर्ने फर्ष्ट माइक्रो फाइनान्सको प्रति कित्ता शेयर मूल्य घटेको छ। यद्यपि बजार बन्द हुँदा फर्ष्ट माइक्रो ८ ले अंक बढेकाे छ ।

रिपोर्ट सार्वजनिक भएसँगै दोस्रो बजारले कम्पनीहरुलाई रिपोर्टको आधारमा प्रतिक्रिया दिन शुरु गरेको लगानीकर्ता दुर्गा तिवारीले बताइन्। यतिबेला दोस्रो बजारका लगानीकर्ताहरुले कम्पनीको रिपोर्टलाइ मिहिन रुपमा अध्यन गर्न थालेको उनको भनाइ छ। सोही कारण नाफा गर्ने कम्पनीको शेयरलाई लगानीकर्ताले राम्रो मूल्य दिएका छन् भने प्रगति नगर्ने कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण कम देखिएको तिवारीको बिश्लेषण छ।

यसलाई तिवारीले बजारको परिपक्वता भनेकी छन्। उनका अनुसार यसरी बजारले प्रतिक्रिया दिनुलाई राम्रो मान्नु पर्छ। बजार लगातार बढिरहहेको छ। बढ्दो बजारमा जुन सुकै कम्पनी पनि बढ्ने गर्छन्। तर रिपोर्टको आधारमा बजार बढ्दा पनि राम्रो रिपोर्ट सार्वजनिक नगर्ने कम्पनीलाई फिल्टर गर्न सक्नुलाई उनले सकारात्मक रुपमा लिनु पर्ने बताइन्।

केहि दिन बजार रिपोर्टकै आधारमा अघि बढ्ने बताइएको छ। सूचीकृत कम्पनीहरुले जस्तो रिपोर्ट सार्वजनिक गर्दै जान्छन् त्यही आधारमा बजार अघि बढ्ने छ। राम्रो रिपोर्ट सार्वजनिक गर्ने कम्पनीको शेयर मूल्य बढ्ने र नराम्रो रिपोर्ट सार्वजनिक गर्ने कम्पनीको शेयर मूल्य थोरै प्रभावित हुने छ।

गत बर्षहरुमा पनि बजारले यस्तै प्रतिक्रियाहरु दिने गरेको थियो। तर घट्दो बजारको अवस्था र बढ्दो बजारको अवस्थामा भने निकै भिन्नता देखिएको छ। घट्दो बजारमा कम्पनीले निकै राम्रो नाफाको रिपोर्ट सार्वजनिक गर्दा कम्पनी शेयर मूल्य बढ्ने गर्थ्यो। तर उक्त बृद्धिलाई अरु समग्र कम्पनीको गिरावटले छाँयामा पार्ने गरेको थियो। किनकि बजारलाई सूचीकृत सबै कम्पनीले ड्राइभ गर्ने गर्छन्।

तर यतिबेला भने ठीक उल्टो देखिएको छ। बजारमा सूचीकृत सबै जसो कम्पनीको मूल्य बढ्दो क्रममा रहेका छन्। जसले बजारलाई बढ्दो क्रममा धेकेल्दै लगेको छ। बढ्दो क्रममा धेकिलिएको बजारमा राम्रो रिपोर्ट सार्वजनिक गर्ने कम्पनीको बृद्धिले बजार बढ्न थप टेवा दिएको छ भने घटेको रिपोर्ट सार्बजनिक गर्ने कम्पनीको गिरावटले बजारलाई ठूलो प्रभाव पारेको छैन। किनकि बजारमा मूल्य बढ्ने कम्पनीको प्रभाव बढी रहेको छ। जसले गर्दा पनि बजारमा नराम्रो रिपोर्ट सार्वजनिक गर्ने कम्पनीको गिरावटले ठूलो असर नगरेको हो।  

बजारले कम्पनीको रिपोर्टलाई प्रतिक्रिया दिदै गएपनि बढ्ने क्रममा भने अझै ब्रैक लाग्ने सम्भावना देखिएको छैन। किनकि बजारमा अझै प्रशस्त तरलता छ। तरलताले बजारलाइ बढ्न सहयोग गरिरहेको छ भने उता घट्दो व्याजदरले थप टेवा दिदै लगेको छ। पछिल्लो समय बाणिज्य बैंकहरुले शेयरमा दिने कर्जाको व्याज थप घटाउन थालेका छन्। विकास बैंक र फाइनान्स कम्पनीले समेत शेयर कर्जाको व्याज घटाउन थालेका छन्। यस अघि ९ प्रतिशत सम्म शेयर कर्जा दिदै आएका बैंक वित्तीय संस्थाले यति बेला साढे सात प्रतिशतमै कर्जा दिन थालेका छन्। उनीहरुले कर्जा लिन जानेलाई अझै मोलमलाइ गरे थप घटाइ दिने गरेका छन्। सोही कारण पनि बजारलाई बढ्न थप सपोर्ट पुगिरहेको तिवारीले बताइन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।