लाभांश र ‘स्टक स्प्लीट’ प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Jan 19, 2021 08:48 AM Merolagani



नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र ‘स्टक स्प्लीट’ प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले माघ २८ गते, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे बिसौँ वार्षिक साधारण सभा बोलाएको हो।

सो सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर र प्रतिशेयर २० रुपैयाँ अर्थात २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सम्बन्धित निकायबाट स्वीकृती प्राप्त गरेपश्चात कम्पनीको प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेकोमा सो शेयरमूल्य सम्बन्धि व्यवस्थालाई परिवर्तन गरी प्रतिशेयर मूल्य ५० रुपैयाँ कायम गर्ने अर्थात ‘स्टक स्प्लीट’ गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्प्नीले माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।