सिटिजन लाइफले बोलायो साधारण सभा, आईपीओ निष्काशन प्रस्ताव पारित गर्दै

Jan 19, 2021 09:30 AM Merolagani



सिटिजन लाइफ इन्स्योरेन्सले फागुन २ गते, आम्रपाली ब्यांक्वेट, नक्सालमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सको सो सभा दिउँसो ३ बजे शुरु हुनेछ।

सो सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने अर्थात आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरु पनि पारित गर्नेछ।

पुस २९ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ५६ औँ बैठकले सो निर्णय गरेको हो।




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।