सिटिजन लाइफले बोलायो साधारण सभा, आईपीओ निष्काशन प्रस्ताव पारित गर्दै

Jan 19, 2021 09:30 AM Merolagani



सिटिजन लाइफ इन्स्योरेन्सले फागुन २ गते, आम्रपाली ब्यांक्वेट, नक्सालमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सको सो सभा दिउँसो ३ बजे शुरु हुनेछ।

सो सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने अर्थात आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरु पनि पारित गर्नेछ।

पुस २९ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ५६ औँ बैठकले सो निर्णय गरेको हो।