प्रि ओपन सेसन अपडेटः साढे २९ अंक बढ्यो नेप्से

Jan 19, 2021 10:51 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.३१ अंक बढेर २३३२.३१ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २९.५२ अंक बढेर २३६१.९९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.६८ अंक बढेको छ।

मंगलबार प्रि ओपनमा ५० कम्पनीको १ करोड ४३ लाख ५९ हजार १६९ रुपैयाँ बराबरको २२ हजार १५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीहरुको शेयरमूल्य यस दिन स्थिर रहेको छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।