प्रि ओपन सेसन अपडेटः साढे २९ अंक बढ्यो नेप्से

Jan 19, 2021 10:51 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.३१ अंक बढेर २३३२.३१ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २९.५२ अंक बढेर २३६१.९९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.६८ अंक बढेको छ।

मंगलबार प्रि ओपनमा ५० कम्पनीको १ करोड ४३ लाख ५९ हजार १६९ रुपैयाँ बराबरको २२ हजार १५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीहरुको शेयरमूल्य यस दिन स्थिर रहेको छ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।