नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त

Jan 20, 2021 07:54 AM Merolagani

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले (NIFRA) बैंकको शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई (GlobalCapital) शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैक र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झाैता सम्पन्न भएको हाे ।

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका हुन् । 

अधिकृत पुँजी ४० अर्ब रुपैयाँ र जारी पुँजी २० अर्ब रुपैयाँ रहेको नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम. ८ अर्ब रूपैयाँको साधारण शेयर निष्कासन गरेको छ ।

माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ्ग कारोबार समय पश्चात बन्द भएको यस सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिन्छ भने आइपिओको इतिहासमा सबै भन्दा धेरै आवेदन परेको छ ।

हाल बैंककाे शेयर निष्काशन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापटिलले गरिरहेका छन्। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।