एशियाली शेयर बजार ऐतिहासिक उचाईमा

Jan 20, 2021 12:23 PM Merolagani

बुधबार एशियाली शेयर बजार रेकर्ड स्तरमा पुगेको छ। अमेरिकी ट्रेजरी सेक्रेटरीका रुपमा मनोनित जेनेट एलेनले कोभिड–१९ ले खस्किएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धनराशीको आर्थिक सहायताको वकालत गरेसँगै एशियाली शेयर बजारले रेकर्ड उचाई हासिल गरेको हो।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक ०.९५ प्रतिशतले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

यसैगरी, हङकङको हाङसेङ सूचक आफ्नो २०१९ को उच्चस्तरमा पुग्नका लागि १ प्रतिशतले बढेको छ, जबकि अस्ट्रेलियाको शेयरले अल टाइम हाई रेकर्डसम्म पुग्नका लागि ०.६ प्रतिशत जोडेको छ।

यद्यपी, प्रफिट बुक गर्नतर्फ लाग्दा जापानको निक्केई सूचक भने यसदिन ०.४५ प्रतिशतले घटेको छ।

अमेरिकी नास्डाक फ्यूचर्स ०.४ प्रतिशतले बढेको छ भने नेटफ्लिक्सको शेयरमा १२.६ प्रतिशतको बढोत्तरी देखिएको छ। एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।