भारतले कोरोना विरुद्धको १० लाख डोज खोप अनुदानमा दिने

Jan 20, 2021 03:31 PM Merolagani



भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदान दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन् ।

उक्त खोप अनुदानमा आउने मन्त्री त्रिपाठीले जानकारी गराए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइनेछ ।

यस्तै उनले नेपालले खोप खरिदको पनि तयारी गरिरहेको पनि जानकारी गराए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।